काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

नेपालभ्युज

काठमाडौं महानगरले माग्यो करार कर्मचारी (सूचनासहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार कर्मचारी माग गरेको छ । बुधबार  महानगरले १०८ जना करारमा पदपुर्ति गर्नको लागी सुचना प्रकाशित गरेको हो ।

महानगरले प्रकाशित गरेको सूचनामा लोकसेवा आयोगबाट सिफारिस भएर नआउँदासम्म असार मसान्तसम्मका लागि करारमा कर्मचारी माग गरिएको छ ।

महानगरले आठौँ तहको मेडिकल अधिकृत ४ जना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, पाँचौँ तहको फिजियोथेरापी असिस्टेन्ट ३२ जना, पाँचौँ तहको स्टाफ नर्स ५ जना मागेको छ ।

यस्तै फार्मेसी सहायक १० जना, रेडियोग्राफर र तथ्यांक सहायक १/१ जना माग गरेको छ । श्रेणीविहीन २६ जना कार्यालय सहयोगी माग गरेको छ ।

महानगरका अनुसार दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र  दिन सकिने  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved