२० अंकले घट्यो नेप्से परिसूचक

नेपालभ्युज

२० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । बुधबार शेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार मापक नेप्स परिसूचक  बुधबार २०.४१ अंकले घटेको हो ।

मंगलबार बजार २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा पुगेको थियो । बुधबार २६४५.३९ विन्दुमा बन्द भएको छ ।

कारोबार रकम पनि घट्दै गएको छ । आज ९३ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये फाइनान्स र व्यापार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

फाइनान्स समूहको परिसूचक २.३२ प्रतिशतले वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

आज ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved