त्रिभुवन विमानस्थलमा उडान सुरू, भिस्तारामा सेनाको ‘सर्च’ जारी

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा उडान सुरू, भिस्तारामा सेनाको ‘सर्च’ जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भएको छ ।

अहिले भिस्ताराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्‍याएर उडान सुरु गरिएको छ ।

नेपाली सेनाले भिस्टारामा ‘सर्च’ जारी राखेको छ । यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएसँगै अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ सुरु भएको छ ।

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि केहीबेर उडान रोकिएको थियो ।

सर्च अपरेशनमा नेपाली सेनासँगै नेपाल प्रहरी पनि परिचालित छ । अहिले तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved