काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेर २६९७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
आज ३१५ कम्पनीका ८८ हजार ७ सय १४ पटकको कारोबारमा २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२ रुपैयाँ रहेको छ ।
त्यस्तै, १३ उपसमूहमध्ये १२ वटा घट्दा म्युचुअल फन्ड स्थिर रहेको छ भने गुडविल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । १८ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटाको घटेको छ ।
Facebook Comment
Comment