छाल बनेर उफ्रिन खोज्छ
स्फटिक अवतार लिएर
बटुवाका आँखामा दिन्छ शीतलता र मिठो प्रीति पनि
ऊ आफैँलाई थाहा छैन
कति डिग्री छ प्रदूषण आफूभित्र
ठोक्किँदै, हाम्फाल्दै
ससाना ढुङ्गाहरूमा उफ्रिँदै
फाल्न खोजेको सौन्दर्यभित्र
जमट भएर बसेको रसायनको मात्रा
हिसाब गरेको पनि छैन
रुद्रमती होस् वा विष्णुमती
वाग्मतीभित्र पसेर पवित्र बन्ने सोच्दा हुन् बरा,
‘वाग्वती’ आफैँ उत्तानो परेको महादेव भएकी छन्
वर दिन असमर्थ
राज्य स्वयं असफल भएको एक राम्रो दृष्टान्त
खोलाहरूमाथि अपराध गरेर
दण्डविहीन भइरहेका यी असङ्ख्य मनुवाहरूलाई
जल छर्केर शुद्ध, चोखो पार्नु छ
अनि खोलामा चोपल्दै, निकाल्दै
पछार्दै, निचर्दै
डुबाउँदै, पानी खुवाउँदै
घाँटी घाँटी पार्नु छ
र खोलैमा फाल्नु पनि छ ।
–––
२०८१ भदौ ९
विदुर ८, बगुवाबजार, नुवाकाेट, हाल : बूढानीलकण्ठ १० बेख, निलाेपुल, कपन
लेखकबाट थप
कविता: खोला २
कविता : खोला–१
नदी बग्दैन : मिहीन भावबोधका कविता
Facebook Comment
Comment