काठमाडौं । अमेरिकाको भर्जिनियामा बस्दै आएकी ममता काफ्ले सम्पर्कविहीन भएको दुई महिना बितिसकेको छ । उनी गत साउन १६ गते बेपत्ता भएको बताइएको छ ।
यस प्रकरणमा उनका श्रीमान् नरेश भट्ट हिरासतमा छन् । उनीमाथि काफ्लेको शरीर लुकाएको अभियोग छ ।
प्रहरीले अहिले पनि ममताको खोजी तीव्र पारिहेको छ । एबीसी न्युजकाअनुसार अक्टोबर ९ मा प्रहरीको टोलीले नर्थ स्टार बुलेभार्ड र टाल सिडर पार्कवे नजिकै रुट ५० क्षेत्रमा खोजी गरेको छ । तर, प्रहरीले केही भेटेन ।
प्रहरीले उत्तरी भर्जिनिया क्षेत्रमा करिब १० क्षेत्रमा खोजी गरेको छ ।
प्रिन्स विलियम काउन्टी र मनासस पार्क पुलिस सक्रिय रूपमा ममताको ठेगानामा पुग्न सक्ने सुरागहरू खोजिरहेका छन् । यसअघि प्रहरीले प्रमाण फेला पार्ने आशामा नजिकैका पार्क र अन्य क्षेत्रमा खोजी गर्थे ।
यसअघि भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको थियो । काटेर पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको थियो ।
मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधिसम्मको विवरण खोज्दै छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्छ ।
Facebook Comment
Comment