जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

नेपालभ्युज

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

धनुषाधाम  । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ ।

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहीबार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ ।

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको उनले बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved