बुद्ध एअरका यात्रुले खोले इमर्जेन्सी ढोका

नेपालभ्युज

बुद्ध एअरका यात्रुले खोले इमर्जेन्सी ढोका

काठमाडौं । बुद्ध एअरलाइन्सको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी ढोका खोलेका छन् ।

काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एअरको जहाजमा खराब मौसम कारण विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको जहाज ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा जहाजको इमरजेन्सी ढोका छेवैमा बसेका यात्रु पंकजविक्रम शाहले इमर्जेन्सी ढोका खोलेका हुन् ।

बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्र कर्णकाअनुसार घटना बिहीबार बिहान साढे ५ बजेको हो ।

घटनापछि चालक दलले जहाज पार्किङ-वे मै फर्काएका थिए । जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ । शाहलाई प्रहरीको जिम्मा लगाइएको छ ।

कुनै पनि आपत् परेको अवस्थामा बाहेक इमर्जेन्सी ढोका खोल्न मिल्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved