दोहोरो अंकले घट्यो नेप्से

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.३९ अंकले घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर २६६३.३२ विन्दुमा बन्द भएको छ ।

आज चार अर्ब ५९ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड समूहको परिसूचक स्थिर छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । ३५ कम्पनीको सेयर मूल्य बढेको छ । २०७ कम्पनीको सेयर मूल्य घटेको छ । डेल्टी पावर कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved