महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सवारी दुर्घटनामा घाइते

नेपालभ्युज

महासंघ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सवारी दुर्घटनामा घाइते

महोत्तरी । नेपाल पत्रकार महासंघ  महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष हेमकुमारी बराल (सुनिता) सवारी दुर्घटनामा गम्भीर घाइते भएकी छन् ।

पूर्वपश्चिम राजमार्गको रातु पुल पारी लालगढमा सोमबार साँझ आफैँले हाँकेको मधेस प्रदेश ०२–००६ प २६७६ नम्बरको स्कुटी अनियन्त्रित भइ ढल्दा उनी गम्भीर घाइते भएकी हुन् ।

घटना लगत्तै सडकमा ढलेकी उनलाई सडक यात्रुले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्‍याएका थिए । बरालको दाहिने हातको कुमको जोर्नीको हाड भाचिएको उपचारमा सम्लग्न चिकित्सक डा नरेश पासवानले बताए ।

बराललाई अस्पतालले थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । दुर्घटना हुँदा बरालसँगै स्कुटीमा पछाडि बसेका उनका १० वर्षीय छोरा सूर्यांश भण्डारी भने सकुशल रहेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved