सररर…चचहुई… (तस्वीरहरू)

सररर…चचहुई… (तस्वीरहरू)

काठमाडौं । हिन्दूहरूको महान् चाड दशैं सुरु भएसँगै लिंगे पिङको ‘सररर…चचहुई…’ ले गाउँ, शहर गुञ्जायमान हुन थालेको छ ।

दशैंका बेला एक पटक धर्ती छोड्नु पर्ने मान्यता छ, यसले गर्दा यो बेला पिङ्ग हरेक उमेरकाले एकपटक जसरी पनि खेल्छन् ।

विशेष गरी लिंगे पिङ्गको महत्व दशैंमा बढी छ । गाउँघरमा चोक चौतारी र देउरालीहरूमा अनि खुला क्षेत्रमा गाउँका युवाहरू मिलेर पिङ्ग राख्ने परम्परा छ ।

बढ्दो शहरीकरण, प्रविधिको विकास र साधुँरिदो समाजिक दायराले अहिले शहरमा पिङको आकर्षण कतैकतै मात्र देखिन्छ ।

काठमाडौं उपत्यकाभित्र बस्तीहरूमा फाटफुट लिङ्गे पिङ देखिन्छ । आज हामीले गोकर्णेश्वर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायण डाँडामा पिङमा रमाउँदै गरेका केही बालबालिकाको तस्वीर कैद गरेका छौँ ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved