यसरी बन्यो गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थल

करिब ३० हजार वर्ष पहिले संसारको इतिहासमा सबैभन्दा विनाशकारी ज्ञात घटना यही लाङटाङ उपत्यकामा भएको थियो, जब ८ हजार मिटर अग्लो चुचुरो एक अकल्पनीय आघातमा परेर भत्कियो, यसले १० घनकिमि चट्टान विस्थापित गर्‍यो र यस्तो ऊर्जा उत्पादन गर्‍यो कि ढुङ्गा सिसामा परिणत भए ।

यसरी बन्यो गोसाइँकुण्ड हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थल

तामाङहरू गोसाइँकुण्ड त्यसरी नै जान्छन्, जसरी राईहरू साल्पा जान्छन् । एक तहमा सबैभन्दा गहिरो गोसाइँकुण्ड अन्य पहाडी ताल जस्तै छ, जो तीर्थस्थल र धामीझाँक्री रिवाजका गन्तव्य हुन्छन् ।

तर, तामाङको धर्ममा तिब्बती ‘बुद्धिज्म’का तत्त्वहरू समावेश हुन्छन्, जुन राई परम्परामा हुँदैनन् । तिनका लागि यहाँ धामीझाँक्री देवालयका अतिरिक्त बौद्ध धर्म गुरु रिम्पोचे उपस्थित हुन्छन् ।

गोसाइँकुण्डमा हिन्दू तह पनि गहिरो छ । यो परम्परा एक प्रसिद्ध घटनासँग सम्बन्धित छ । हिन्दू विश्वासमा जब समुद्र मन्थन भयो, विष पनि निस्कियो । भगवान् शिवले विषबाट विश्वलाई जोगाउन आफैँले पिएर घाँटीमा राखे । उनको घाँटी नीलो भयो ।

कम्तीमा मध्य नेपालतिर यो विश्वास गरिन्छ कि गोसाइकुण्ड त्यही स्थान हो, जहाँ भगवान् शिवले आफ्नो विष पिएको तिर्खा मेट्न त्रिशुल हानेर पहाडको पानी झारेका थिए ।

गोसाइँकुण्डमा पहिलो हिन्दू तीर्थयात्रा सन् १४४७ मा अभिलेखित छ, जब काठमाडौंका एक राजाले यहाँ बृहत् यात्रा गरेका थिए । यो त्यो समयको कुरा थियो, जब काठमाडौं तिब्बतसँगको व्यापारमा आधारित एक समृद्ध सांस्कृतिक केन्द्रका रूपमा फस्टाएको थियो ।

यो धेरै महत्त्वपूर्ण छ कि गोसाइँकुण्ड यो व्यापारिक मार्गको महत्तायुक्त माथिल्लो भागमा अवस्थित छ । यथार्थमा यसको आधुनिक नामले धार्मिक व्यवस्थालाई जनाउँछ । गोसाइँ अर्थात् पवित्र पुरुष र व्यापारी ।

त्यहाँ १९ औं शताब्दीको एक अद्भुत चित्र छ, सम्भवत: अघिल्लो मौलिकबाट प्रतिलिपि गरिएको छ । त्यसले काठमाडौं उपत्यकाबाट ७ महिला र पुरुषले गरेको तीर्थयात्राको अभिलेख गर्दछ । यस्तो लाग्दछ कि तीर्थयात्री सकुशल घर फर्किएपछि बनाउन लगाइएको हो ।

४ मिटरभन्दा पनि लामा दृश्यहरू भएको छ चित्र । हस्तकला चित्रमा आशिंक र्प्पपमा दृश्य , परिदृश्य आउँछन्, क्षितिजमा सेता पहाडसँगै । यो आंशिक रूपमा तिनीहरूको यात्राको कथा हो । यहाँसम्म कि दुई महिलाले तेस्रो महिलालाई लड्न लाग्दा समातेको दृश्य पनि छ । अनि आंशिक रूपमा यो एक नक्सा पनि हो, ७० स्थानमा चिह्न लगाइएको र नाम दिइएको छ ।

बायाँ अर्थात् दक्षिणतिर उपत्यकाका शहर छन् । दरबार र मन्दिरहरू तिनका पर्खालभित्र एकदमै सही रूपमा कोरिएका छन् । शहरमा घरहरू टायलका छन् । ग्रामीण इलाकामा खरले छाएका गोलाकार झुपडी छन् ।

नागबेली नदी र सडक छेउमा विभिन्न प्रजातिका फूल र रुख हुँदै गुज्रिएका छन् । तीर्थ यात्राका अन्य महत्त्वपूर्ण कुरामध्ये बाटोमा भरिया र व्यापारीको भीडभाड छ । सात वटा चिजहरू सिँढीजस्तै ठाडो बाटोमा चढेका छन् । कार्टुन कथाविधिको भाष्यजस्तै ती सिँढीको उठानबाट तल झर्दछन् ।

त्यहाँ बाघको छालामा बसिरहेका नाङ्गा हिन्दू बाबा छन् । र, एउटा डरलाग्दो कुकुरले पहरा दिइरहेको गुफामा एक तिब्बती योगी देखिन्छन् । गोसाइँकुण्डमा भक्तजनको भीड लागेको छ । पानीमुनि भगवान् शिवको प्रतिरूप देखिन्छ । जहाँ तीनवटा पानीका मुहान तालमा झरेका छन्, त्यहाँ त्रिशुलले चट्टानमा प्रहार गरेको थियो ।

यस चित्रले देखाउँछ कि गोसाइँकुण्ड कसरी हिन्दू तीर्थस्थलमा जोडिएको थियो । यो त्यो पवित्र भूदृश्य थियो, जुन दरबारीया काठमाडौं उपत्यकाले आफ्ना गतिला दिनमा आफ्नो वरिपरि फेला पारेको थियो ।

गोसाइँकुण्ड नजिकैको शहरी संस्कृतिको बाह्य गौडो थियो । यहाँबाट एउटा लामो सुरुङ हुँदै पानी बग्न थाल्दछ र त्यो उपत्यकामा कुम्भेश्वर मन्दिरमा पुग्थ्यो भनिन्छ ।

जसकसैले सजिलै यहाँको यात्रा व्यवस्थापन गर्न सक्दैनथे । तसर्थ, हिन्दू र तामाङ दुबै धामीझाँक्रीले सजिलो विकल्पका पमा एउटै पूर्णिमामा पर्व मनाउने बनाए । लामो सुरुङद्वारा पानी एक स्थानबाट अर्को पवित्र तीर्थस्थल पुग्ने दाबी हिन्दू समाज र दक्षिण एसियाका धेरै ठाउँमा हुन्छन् । तिनले एक अर्को ठाउँको शक्तिलाई साझा बनाउँछन् ।

म काठमाडौंमा कहिलेकाहीँ एक पूर्व विदेशमन्त्रीसँग कुरा गर्न जान्थेँ । उनको बैठक कोठमा न्यूअर्कोमा संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरिरहँदा खिचिएको उनको फोटो राखिएको थियो । उनले मलाई गोसाइँकुण्डदेखि कुम्भेश्वर मन्दिरसम्मको जलसुरुङले प्राचीनकालको नेपाली इञ्जिनियरिङ कति उन्नत थियो भन्ने देखाएको बताउँथे ।

तर, यो दृष्टिकोण एकदमै अप्राकृतिक थियो, किनकि गोसाइँकुण्ड र काठमाडौं शहरबीचको सम्बन्ध जन्मजात थियो, मानव योगदान हैन ।

सन् १९७३ को अगष्टको पूर्णिमामा म डा. हर्क गुरुङ नामका भूगोलविद् साथीसँग त्यहाँ पुगेको थिएँ । उनी हेर्दै चिसो लाग्ने पानीमा नुहाउँदै हिँड्ने तीर्थयात्रीसँग मिसिए । त्यसपछि उनी घाम ताप्दै थिए । केटाहरूले छिपछिपेबाट सिक्का टिप्दै गरेको हेर्दै थिए । ठीक त्यही बेला उनको दिमागमा एक भद्र विचार पलायो ।

एक आतुर मुद्राविद्ले जस्तो उनले लेखे– “यदि कुनै राम्रो उपकरण बनाउन वा कुनै तरिकाले ताल उत्खनन गर्न सकियो भने गोसाइँकुण्डका पुरातात्विक सिक्का प्राप्त गर्न सकिन्छ ।”

राजाहरू आफ्नो राज्याभिषेकपछि यहाँ नुहाउन आउँथे । सिक्का चढाउँथे । तसर्थ, शताब्दीऔंदेखिका मौद्रिक प्रस्ताव तालमा गडेको हुनुपर्दछ । जब आकाश सफा हुन्छ, त्यहाँ नीलो पानीको गहिराइमा फिका सिक्काका व्यापक थाक देख्न सकिन्छ । डा. गुरुङ भन्छन् कि ती अभ्रकका टुक्रा पनि हुन सक्दछन् ।

हिन्दूहरू त्यसलाई भगवान्न् शिव र बौद्धहरू बोधिसत्व अवलोकितेश्वरको स्वनिर्मित छवि मान्दछन् ।

गोसाइँकुण्डमा हामी धेरै बेर रोकिएनौँ । किनकि हामीलाई छिट्टै महसुस भयो कि यहाँ हाम्रा लागि केही छैन । हामी लाउरीबिनातिर लाग्यौँ, जो धेरै टाढा थिएन । जब हामी एक न्यानो लजमा पसेर कृतज्ञ भयौँ, कुनामा विदेशी पर्यटकको एक समूह भेट्यौँ ।

कोठाको अर्को कुनामा एक जवान बाबा वा साधु, एक हिन्दू धर्मगुरु एकप्रकारका घुमन्ते भिक्षु थिए । चिलिम भर्दै उनी काठमाडौंका एक जोडी पर्यावरण विज्ञानका उत्सुक विद्यार्थीलाई सम्झाउँदै थिए ।

साधु त्यसलाई भनिन्छ, जसले आफ्ना सबै चिज, यहाँसम्म कि आफ्नो जीवनसमेत त्याग गरेको हुन्छ र अक्सर तीर्थयात्राका लागि समर्पित रहन्छ । कहिलेकाहीँ एक्लै वा एकान्तमा जङ्गल वा जङ्गली पहाडी गुफामा सघन धार्मिक अभ्यास गर्दछ ।

आदिम र परम साधु त स्वयम् शिव हुन्, जो आफ्नो सामाजिक छविका लागि बेपरवाह छन् । जङ्गली जनवारका छालाबाहेक उनी नग्न रहन्छन् । उनका घाँटीमा गोमन सर्प हुन्छ । कपाल जट्टा बनाएको हुन्छ । कैलाश पर्वतको उच्च बिन्दुमा आफूलाई स्थापित गरेर कठोर तपस्या गर्दछ ।

उनकी पत्नी पार्वती हिमालयकी छोरी हुन् । उनका पिता हिमवत् स्वयम् परिदृश्य हुन् । त्यसैले हिमालयमा साधुहरूको ठूलो आकर्षण हुन्छ । यो भनिन्छ कि तीमध्ये धेरैले घरव्यवहारको दु:खबाट बच्नका लागि यस्तो जीवन रोजेका हुन् । ती बदमास र छली मान्छेका रूपमा बदनाम हुन्छन् । ती खराब र असामाजिक मानिसको समुदायमा घुमफिर गर्दछन् ।

मेरी श्रीमतीले एकपटक त्यस्तै कामको खुसी उठाउने अवसर पाएकी थिइन् । उनले किशोरावस्थामा हुँदा धुमपान गर्ने एक जोडीलाई गाली गर्दै शहरको बसबाट उतार्दिएकी थिइन् । तर, कहिलेकाहीँ त्यस्तैमध्ये कोही सच्चा सन्त भेटिन सक्दछन् ।

गिरिश र म त्यस्तै एक लुगा सुकाइरहेका साधुको छेउमा बस्यौँ । जसले मधुर तर, चट्टानी स्वरमा हामीलाई आफ्नो यात्रा वृत्तान्त सुनाए । उनी मध्य नेपालमा भूकम्प गएको बेला यतै थिए र पूरै पहाड भत्किएको देखेका थिए ।

उनी भन्थे– “म हिँडिरहन्छु कहाँ जाने चालले आफैँ निर्णय गर्दछ । यदि मलाई कुनै नयाँ बाटो यात्रा गर्नु छ र मौसमअनुकूल छ भने म त्यतै लाग्छु । सबै हिन्दूजस्तै वा सबै धर्मका तीर्थयात्रुजस्तै साधुका लागि ठाउँ पूजा गर्नुपर्ने स्थान हुन् । तर, साधुको समग्र जीवन भने भूगोलको प्रसाद हो ।

गिरिशले सोधिन्– “तपाईं खर्च कसरी जुटाउनुहुन्छ ?” उनले भने– “मान्छेले मलाई केही चिज दिन्छन्, जस्तो कि केही मान्छेले भर्खरै मलाई गाँजा दिए ।”
उनका लुगा पातला थिए । उनको चप्पल च्यातिएको थियो । उनी तीन दिनका लागि तालतिर आएका थिए ।

उनले थपे– “हो यहाँ चिसो छ तर, यही सोचिरहनुभयो भने झनै चिसो हुन्छ ।” उनले आफ्नो चिलिमतिर सङ्केत गर्दै भने– “यसले मलाई राम्रोसँग सुत्ने निन्द्रा दिन्छ । यहाँबाट म त्रिशुली जान्छु, त्रिशुलीबाट पोखरा जान्छु, त्यसपछि कहाँ जाने उही गएर थाहा हुन्छ ।”

उनी एकपछि अर्को ट्रकसँग लिफ्ट माग्दै हिँड्थे । वास्तविक यायावरलाई आफ्नो गन्तव्यको कुनै परवाह हुँदैन र गन्तव्य हासिल गर्न लगभग असम्भव हुन्छ ।

ती जवान बाबा बिहान मेरो अगाडि घाममा बसेर घाँसका बिउ टिप्दै थिए । उनले मलाई आफ्नो वार्षिक चाडपर्व यात्राबारे बताए जब म आफ्ना भिजेका लुगा सुकाउन फैलाइरहेको थिएँ ।

मौसम बदलिएजस्तो लाग्यो । त्रिशुली नदीको उपत्यका हामीभन्दा तल बायाँतिर थियो । दायाँतिर घुमेर उत्तरतिर हेर्दा चन्द्रमा आकारको लाङटाङ उपत्यका देखियो ।

तिब्बती बुद्धिज्ममा एक विचार छ कि गुरु रिम्पोचेले हिमालको दक्षिणी ढलोमा केही उपत्यका लुकाउनुभएको छ, जसलाई ‘बायुल’ अर्थात् लुकेको उपत्यका भनिन्छ । यो विश्वास छ कि यी उपत्यका भविष्यमा विपद् आइलाग्दा असल मानिसले शरण लिने ठाउँका रुपमा प्रयोग हुनेछन् ।

सत्रौं शताब्दीमा लाङटाङ त्यस्तै एक लुकेको उपत्यकाका रूपमा चिनिथ्यो । म कहिलेकाहीँ त्यस्ता पहाडलाई जसले पूरै उपत्यका अज्ञात हुनेगरी लुकाएका हुन्छन्, शाब्दिक रूपमा के भन्ने होला भनेर आश्चर्यचकित हुन्छु ।

गोसाइँकुण्ड जाने मानिसले लामो समयदेखि लाङटाङ उपत्यका कहाँ पर्दछ, बिरलै देख्न सक्थे । न त यो उपत्यका विपद्बाट सुरक्षित थियो ।

करिब ३० हजार वर्ष पहिले संसारको इतिहासमा सबैभन्दा विनाशकारी ज्ञात घटना यही लाङटाङ उपत्यकामा भएको थियो, जब ८ हजार मिटर अग्लो चुचुरो एक अकल्पनीय आघातमा परेर भत्कियो, यसले १० घनकिमि चट्टान विस्थापित गर्‍यो र यस्तो ऊर्जा उत्पादन गर्‍यो कि ढुङ्गा सिसामा परिणत भए ।

त्यही घटनाको एक सानो श्रृंखला सन् २०१५ को भूकम्पमा देखियो । पहिलो प्रलयबाट बाँकी रहेको पहाडको उच्च घेरामा हिउँका हिउँ हल्लियो । उपत्यकाका झुन्डिएका चट्टान जम्मा गर्दै बरफ बग्यो र लेदोको हिमनदी बनायो । यो स्की–जम्पजस्तै समुदायमा हिरोसिमालाई ध्वस्त गर्ने बमको भन्दा आधा शक्तिको साथ तल बज्रियो ।

केही वर्षअघि म त्यहाँ बसेको घरकी केटी भुन्टीको त्यो दिन लाङटाङमा बिहे थियो । हिम पहिरोको झट्का पूरै गाउँ मेटाउन पर्याप्त भयो । गाउँ धेरै मिटर तल ढुंगामाटो, भग्नावशेष र लेदोले दबियो । त्यसले अहिले माथिल्लो लाङटाङ उपत्यकालाई सधैँको लागि ढाकेको छ ।

मैले फेरि यसपटक त्यहाँ जाने सोच बनाएँ । तर, मैले फोन गरेका लाङटाङका मानिसले भने– “पदमार्गहरूमा अझै पहिरो थुप्रिएको छ । त्यस्ता पहिरो जङ्गलतिरबाट बग्दै आएको सुनिन्छन् तर, देख्न सकिँदैनन् । कता भाग्ने भन्ने थाहा पाउन सकिँदैन । तसर्थ, नआउनु राम्रो हुन्छ ।”

लाउरीबिनाको सुन्दर बिहानीमा यी कुनै पनि कुरा देखिँदैनथे । मैले पहाडमा टाँसिएका बादलका घुमाउरा थुङ्गाहरू देखेँ, जो तिब्बती चित्रकलामा देखिने बादलका थुङ्गाहरू जस्तै थिए ।

मलाई त्यतिबेला थाहा थिएन कि बादल चित्रण गर्ने शैली हिमालयको आकासबाट नभई चिनियाँ कलाबाट नक्कल गरिएको हो । काठमाडौं उपत्यकाबाट उक्लिएको हिन्दू र लाङटाङ उपत्यकाबाट झरेको तिब्बती बौद्ध संस्कृतिले गोसाइँकुण्डलाई दुबै धर्मालम्बीको तीर्थस्थल बनायो ।

(स्क्रोल इन.डटकमबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved