बाढीपहिरोका कारण १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

नेपालभ्युज

बाढीपहिरोका कारण १४ जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढीपहिरोको क्षतिबारे समीक्षा गरेको छ ।

शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले क्षतिको समिक्षा गर्दै  १४ वटा जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको हो ।

ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला जिल्लाहरूलाई संकटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई सिफारिस गरिएको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

सहसचिव अधिकारीले प्रभावित जिल्लाका ४० भन्दा बढी स्थानीय तहलाई विपद् संकटग्रस्त घोषणा गरिएको बताए ।

प्रतिक्रिया


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved