रवि भन्छन्- परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ, हामीले प्राप्त गरेको सानो भयो

नेपालभ्युज

रवि भन्छन्- परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ, हामीले प्राप्त गरेको सानो भयो

मुग्लिन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ भन्ने बुझेको बताएका छन् ।

शुक्रबार यहाँ आयोजित ‘रवि लामिछानेको निर्वाचन क्षेत्रमा आयोजित तेश्रो सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“परिवर्तनका लागि निकै ठूलो सङ्ख्या आवश्यक पर्ने रहेछ । जुन हामीले प्राप्त गरेका छौँ, त्यो सरकारलाई झक्झक्याउनका लागि पर्याप्त छ तर, सिङ्गो देशको विकास लागि पर्याप्त होइन रहेछ,” सभापति लामिछानेले भने ।

सभापति लामिछानेले आफू कहिल्यै प्रश्न, जाँच र परीक्षणबाट नभाग्ने बताए । विषम परिस्थितिमा आफूहरूले राजनीति सुरु गरेको र त्यसमा चितवनले साथ दिएको उनले बताए ।

“हामीले परिस्थितिमा राजनीति सुरु गर्‍यौँ । त्यसमा चितवनले साथ र साहस दियो । चितवनले शान्त विद्रोह गर्‍यो । चितवनले शान्ति विद्रोह गर्‍यो । म धन्यवाद दिन्छु,” उनले भने ।

लामिछाने यहीँ चितवन २ बाट निर्वाचित सांसद हुन् । उनी दोस्रोपटक यहाँबाट निर्वाचित भएका हुन् । लामिछानेको दल रास्वपासँग अहिले प्रतिनिधि सभामा २१ सिट छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved