वास्तुशास्त्रअनुसार यो दिशामा घरको झ्याल बनाउँदा मिल्छ शुभ फल

नेपालभ्युज

वास्तुशास्त्रअनुसार यो दिशामा घरको झ्याल बनाउँदा मिल्छ शुभ फल

काठमाडौं । घर बनाउँदा हामी आफूलाई मनपर्ने स्थानमा झ्याल बनाउँछौ । तर, वास्तुशास्त्रअनुसार कुन स्थानमा झ्याल बनाउनु राम्रो हो ? कुन स्थानमा बनाउँदा कस्तो फल मिल्छ भन्ने कुरा बताइएको छ, यसबारे जानौँ ।

वास्तुशास्त्रअनुसार घर बनाउँदा सधैँ उत्तर दिशातर्फ झ्याल बनाउनुपर्छ । उत्तर दिशालाई सकारात्मक ऊर्जा भएको दिशा मानिन्छ । उत्तर दिशालाई धनका देवता कुबेरको दिशा पनि भनिन्छ ।

यस दिशातर्फ झ्यालको निर्माण गर्दा तपाईंको घर, अफिस, भवनमा कुबेर भगवान्‌को कृपा दृष्टि रहन्छ र घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने विश्वास गरिन्छ । त्यसैले उत्तर दिशामा झ्यालहरू बनाउनु राम्रो हुन्छ र यी झ्याललाई दैनिक केही समयको लागि अवश्य खोल्नुपर्छ ।

वास्तुशास्त्रअनुसार दक्षिण दिशामा झ्याल गल्तीले पनि बनाउनु हुँदैन । वास्तवमा दक्षिण दिशालाई यम अर्थात् मृत्युका देवताको दिशा मानिन्छ, त्यसैले यस दिशालाई अशुभ भनिन्छ ।

यदि यस दिशामा झ्याल बनाउनु भयो भने यसको हानि घरका सदस्यहरूमा पर्छ, किनकि यो दिशा नकारात्मकताले भरिएको हुन्छ ।

तर, यदि तपाईंको घरमा पहिले नै दक्षिण दिशामा झ्याल छ वा नयाँ घर दक्षिणमुखी छ र यसै दिशामा झ्याल बनाउनु बाध्यता छ भने झ्यालमा सकेसम्म बाक्लो पर्दा लगाउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved