इरान-इजरायल लडाइँमा अमेरिका पनि प्रत्यक्ष उत्रियो, राष्ट्रपति बाइडनले जारी गरे यस्तो आदेश

नेपालभ्युज

इरान-इजरायल लडाइँमा अमेरिका पनि प्रत्यक्ष उत्रियो, राष्ट्रपति बाइडनले जारी गरे यस्तो आदेश

काठमाडौं । मध्यपूर्वको यूद्धमा अमेरिका पनि प्रत्यक्ष रुपमा मिसिन आइपुगेको छ ।

इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेलगत्तै अमेरिका पनि मैदानमा उत्रिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इजरायललाई इरानी हमलाबाट बचाउन आफ्नो सेनालाई आदेश दिएका छन् ।

बीबीसीका अनुसार बाइडनले मंगलबार बेलुका इजरायललाई हरतरहले सहयोग गर्न सेनालाई आदेश दिएका हुन् ।

ह्वाइट हाउसका तर्फबाट दिइएको जानकारी अनुसार बाइडन र उपराष्ट्रपति कमला ह्यारिसले इरानी आक्रमणलाई चासोका साथ हेरिरहेका छन् ।

यसैबीच इजरायली सेनाका प्रवक्ता डेनियल हगारीले आफूहरु जवाफी कारबाहीका लागि तयार रहेको बताएका छन् । अहिले अवस्थाको समीक्षा गरिरहेको उनको प्रतिक्रिया छ ।

बीबीसीका अनुसार बाइडनको आदेश अनुसार अमेरिकी सेना सक्रिय भइसकेको छ र केही इरानी मिसाइललाई बीचमै खसालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved