सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकम झन् घट्यो 

नेपालभ्युज

सेयर बजारमा ४४ अंकको वृद्धि, कारोबार रकम झन् घट्यो 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उत्साह देखिएको छ । लामो समयदेखि ओरालो लागिरहेको बजारमा आज भने एकै दिन ४४ अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेर २५०८ दशमलव ८६ को विन्दुमा पुगेको छ । सोमबार ३१९ कम्पनीका ५० हजार ६ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार ९ सय ५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ मात्र रहेको छ ।

आइतबारको तुलनामा आज कारोबार रकम घटेको छ । आइतबार कारोबार रकम ४ अर्ब ५ करोड ५ लाख रहेको थियो । सोमबार २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ भने १ वटा स्थिर रहेको छ । आज म्युचुअल फन्ड सामान्य घट्दा अन्य १३ उपसमूहमा हरियाली देखिएको छ ।

सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सर्वाधिक कारोबार पनि सोही कम्पनीको भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved