काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको लडाइँ बढ्दै गएपछि लेबनानमा कार्यरत नेपालीलाई कन्सुलरमा दर्ता हुन आग्रह गरिएको छ ।
इजिप्टको काहिरोमा रहेको नेपाली दूतावासको वेबसाइटमा नाम र सम्पर्क नम्बर दर्ता गर्न लेबनानस्थित नेपालको अवैतनिक महावाणिज्यदूतावासले आग्रह गरेको हो ।
कुनै आपत्कालीन अवस्था भोग्नुपरेमा फोन वा ह्वाट्सएप नम्बर +२०१०९७७७२३४८, +२०१००२५०५९९७ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
हवाई आक्रमण गरिरहेको इजरायली सेना हिजबुल्लाहको नियन्त्रणमा रहेको लेबनानी भूमिमा प्रवेश गर्ने तयारी गरिरहेको छ । त्यसबाट खतराको परिस्थिति बन्ने देखिन्छ ।
गत सोमबारदेखि हिजबुल्लाह र इजरायली सेनाबीच लडाइँ चर्किएको छ । इजरायलको शृङ्खंलाबद्ध हवाई आक्रमणबाट तीन दिनभित्र लेबनानमा मृत्यु हुनेको सङ्ख्या ६ सय नाघिसकेको छ ।
अहिले सुरक्षाको लागि लेबनानको दक्षिणी क्षेत्रबाट बेरुत र सिरिया जानेको सङ्ख्या बढिरहेको छ । यो अवस्थामा लेबनानमा रहेका नेपाली कामदार पनि समस्यामा पर्न सक्ने देखिन्छ ।
लेबनानको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकांश उडान रद्द भएका कारण देश छोड्न समस्या छ । अरुदेशका नागरिक छिमेकी देश पुगेर हवाइ सेवा लिइरहेका छन् ।
लेबनानमा नेपाली सेनासहित घरेलु श्रमिक धेरै छन् । त्यहाँ पाँच हजारभन्दा धेरै नेपाली कार्यरत रहेको अनुमान छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका नेपाली शान्ति सैनिक ८ सय ५० जना छन् । नेपाली सेनाको गण हेडक्वार्टर लेबनानको दक्षिण-पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसनअन्तर्गत तैनाथ छ ।
अरू कामदार धेरै रहेको अनुमान भए पनि महावाणिज्यदूतावासमा सम्पर्कमा रहनेहरू कम छन् ।
जबुल्लाह-इजरायलबीच मिसाइल हानाहान स् नेपाली सेना सुरक्षित, खतरा भने कायमै
यसैबीच महावाणिज्यदूत कार्यालयले सूचनामा भनेको छ, “काहिरामा रहेको नेपाली दूतावासले तपाईंको आवश्यकताहरू पूरा गर्न र विशेष गरी आपत्कालीन अवस्थाहरूमा तपाईंको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले आफ्नो कन्सुलर सेवाहरू सक्रिय रूपमा प्रदान गर्न सुरु गरेको जानकारी दिन चाहन्छौँ । हामी लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकहरूलाई हाम्रो वेबसाइटमार्फत नागरिक दर्ता रेजिस्टरमा दर्ता गर्न आग्रह गर्दछौँ । दर्ता आपत्कालीन अवस्थाहरूमा तपाईँलाई तीव्र र प्रभावकारी सहयोग प्रदान गर्न सक्षम बनाउने महत्त्वपूर्ण कदम हो ।”
नेपाली कामदार पर्ख र हेरको अवस्थामा
‘यूएनएचसीआर’ काअनुसार युद्धबाट विस्थापित भएका ९० हजारमध्ये ६ हजार ६ सय ९७ जना लेबनानी र १७ हजार सिरियालीहरू सिरियाको सीमा पार गरिसकेका छन् ।
तर, नेपाली कामदारहरूले भने तत्काल लेबनान छोडिहाल्ने मनस्थिति बनाइसकेका छैनन् । तर, सुरक्षाको लागि रोजगारदाताले लैजाने ठाउँमा स्थानान्तरण हुन तयार भएर बसेका छन् ।
बेरुतमा कार्यरत कामदारहरू बेरुतको सुरक्षा अवस्था हेरेर स्थान्तरण हुने तयारीमा रहेको घरेलु श्रमिका रुपमा कार्यरत माया तामाङ बताउँछिन् ।
कस्तो देश हो लेबनान ? किन भइरहेको छ इजरायल-हिज्बुल्लाह युद्ध ?
उनी भन्छिन्, “‘हामी बेरुतमै छौँ । अहिलेसम्म सुरक्षित भए पनि तर डर लागिरहेको छ । बेरुतमा असुरक्षा भएमा मालिकको पहाड घरतिर गएर बस्नेछौँ । त्यहाँ युद्ध नहुने भनिएको छ ।” युद्ध पहाडतिर पनि सर्न थालेमा कामदारले नेपाल फर्कने मनसाय बनाएका छन् ।
गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि सुरु भएको द्वन्द्वले अब इजरायल र हिजबुल्लाहबीचको प्रत्यक्ष युद्धमा रूप लिएको छ ।
उत्तरी इजरायल र इजरायलले कब्जा गरेको गोलान हाइट्समा हिजबुल्लाहले आठ हजारभन्दा बढी रकेट प्रहार गरिसकेको छ । यसले यस क्षेत्रको स्थिति झनै गम्भीर बनाएको छ ।
इजरायली सेनाका प्रमुख हर्जी हेलेवीले हिजबुल्लाहको पूर्वाधारलाई हवाई हमलाबाट ध्वस्त पार्ने र इजरायली सेनालाई लेबनानी भूमिमा प्रवेश गराउने योजना सार्वजनिक गरेका छन् । यस्तो अवस्थामा, तनाव झनै बढ्दै जाने देखिन्छ ।
बुधबार मात्रै लेबनानमा इजरायली हवाई आक्रमण हुँदा ८१ जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।
बेलायतले आफ्ना नागरिकलाई ‘तुरुन्तै लेबनान छोड्न’ अनुरोध गरेको छ । उद्धारको प्रयासमा, बेलायतले साइप्रसमा करिब ७ सय सैनिक पठाएको छ तर, लेबनानमा रहेका बेलायतीले देश छोड्न कठिनाइ झेलिरहेको बताइएको छ ।
लेबनानको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट अधिकांश उडानहरू रद्द भएका कारण देश छोड्न समस्या देखिएको छ ।
यी पनि पढ्नुहोस :
लेबनानमै घुसेर आक्रमण गर्ने इजरायलको तयारी
दोस्रो गाजा बन्दै लेबनान
डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक
लेबनानमा कसरी विस्फोट भए हजारौं पेजर ? ६ प्रश्नोत्तरबाट बुझ्नुहोस् घटनाक्रम
हिजबुल्लाह के हो ? यसका लक्ष्यहरू के के हुन् ?
हिजबुल्लाह : इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी अहिले कति शक्तिशाली ?
Facebook Comment
Comment