हामी कहाँ सिंगापुर र स्वीट्जरल्यान्डको चर्चा खुबै हुन्छ । मानौँ कि यी दुई देश नेपालको भविष्यका मानक, सपनाका आदर्श राज्य हुन् । कुनै राष्ट्र अर्को जस्तो बन्न सक्छ कि सक्दैन, त्यो भिन्नै प्रश्न भयो तर, नेपाल सिंगापुर र स्वीट्जरल्यान्डजस्तो भइदिए हुन्थ्यो भन्ने भावना धेरैले व्यक्त गरिरहेका हुन्छन् ।
सर्वसाधारण मात्र हैन, नेताले देखाउने सपना र बाँड्ने आश्वासन पनि यिनै हुन् । देश राम्रो बनेको, विकसित र समृद्ध, सुशासित, सुसंस्कृत, सभ्य र विश्वभरि प्रतिष्ठित भएको उदाहरण लिन पर्यो भने नेताहरूको भाषणमा बारम्बार आउने देश यिनै हुन् ।
सिंगापुर त पछिल्ला केही दशकमा निर्माण भएको उदाहरण हो । स्वीट्जरल्यान्डको कथा भने हाम्रो पुस्ताले बाल्यकालदेखि नै सुन्दै आएको हो । राजा महेन्द्रको शासनकालको उत्तरार्ध र वीरेन्द्रको पूरै शासनकालभरि नेपाल र स्वीट्जरल्यान्डका समानताबारे चर्चा भइरहन्थे ।
अझ रोचक कुरा छ भने नेपालका कुनै खास विचारधारा वा विश्व दृष्टिकोण भएका दल र नेताले मात्र हैन, सबै प्रकारका राजनीतिक शक्तिले स्वीट्जरल्यान्डलाई आदर्श राज्यको रूपमा लिन्छन् । भलै कि तिनको सोच, प्रारूप वा मूल्य प्रणाली स्वीट्जरल्यान्डको भन्दा भिन्नै वा ठीक विपरीत नै किन नहोस् ।
जस्तो कि स्वीस विकास प्रारूपमा राजतन्त्रको कुनै स्थान र भूमिका छैन । राजतन्त्र एकात्मक र केन्द्रिकृत चिन्तन हो । स्वीस मोडेल सङ्घात्मक र विकेन्द्रिकृत प्रारूप हो । तर, स्वयम् राजा र राजतन्त्रवादी ‘नेपाल एसियाको स्वीट्जरल्यान्ड’ बन्न पर्दछ भन्थे । जबकी स्वीट्जरल्यान्डको मोडेल र राजावादी सोच ठीक विपरीत हो ।
कम्युनिष्टहरूको हकमा पनि यो कुरा उत्तिकै लागू हुन्छ । कम्युनिष्टहरू आफूलाई मार्क्सवादी, लेनिनवादी, माओवादी, समाजवादी, साम्यवादी शक्ति मान्दछन् । उनीहरूको आदर्श राज्य त उत्तर कोरिया वा क्युवाजस्ता देश हुनुपर्ने हो । तर, उनीहरू सिंगापुर र स्वीट्जरल्यान्डकै आश्वासन बाँडिरहेका हुन्छन् ।
तिनलाई यति पनि राम्रो ज्ञान छैन कि स्वीट्जरल्यान्ड तिनले सिद्धान्ततः विरोध गर्ने पुँजीवादको सर्वोत्कृष्ट नमूना हो । पुँजीवादी भएरै कुनै देश स्वीट्जरल्यान्ड बन्न सक्दछ भने त्यसले समाजवादी वा साम्यवादी हुने प्रयत्न किन गर्दछ ?
स्वीट्जरल्यान्ड कम्युनिष्ट विचार र प्रणालीले बनेको देश हैन । न त यो मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित समाजवादी ढाँचाको मुलुक हो । विश्वमै सहमतीय लोकतन्त्र, नागरिक सर्वोच्चता र खुला बजार अर्थतन्त्रको कुनै गतिलो उदाहरण लिन पर्यो भने स्वीट्जरल्यान्ड पहिलो स्थानमा आउँछ । कम्युनिष्ट वा सोभियत प्रणालीको भन्दा स्वीट्जरल्यान्डका ‘कम्युन’ बिल्कुलै फरक हुन् ।
यसर्थ, स्वीट्जरल्यान्डको सवालमा राजावादीजस्तै साम्यवादी भाष्य पनि असङ्गत र विरोधाभाषयुक्त हुन् ।
स्वीट्जरल्यान्डमा नागरिक पहलकदमीको अधिकार, सहभागितात्मक तथा प्रत्यक्ष लोकतन्त्र संसारकै सबैभन्दा बलियो छ । त्यहाँ बारम्बार जनमत सङ्ग्रह भइरहन्छन् । त्यस्ता जनमत सङ्ग्रहमा अन्य देशका जनता चकित हुने नतिजा आइरहन्छन् ।
स्वीट्जरल्यान्ड नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद, बेलायती वा भारतीय चरित्रको संसदीय प्रणाली र सामाजिक लोकतन्त्रको ढाँचासँग पनि मिल्दैन । त्यसको तुलना बरु नोर्डिक मुलुकसँग हुन सक्दछ । स्क्याडिनेभीयाली मुलुकहरू नर्वे, स्वीडेन, फिनल्यान्ड, आइसल्याण्ड र डेनमार्कको मोडेलमा प्रजातान्त्रिक समाजवाद, सामाजिक लोकतन्त्र र संसदीय प्रणालीका गुण छन् ।
तर, स्वीट्जरल्यान्ड त्यस्तो पनि हैन । नोर्डिक देश नै समकालीन विश्वमा मानवीय विकास र सामाजिक सुरक्षाको सबैभन्दा सफल र प्रसंशित प्रारूप हो । तर, स्वीट्जरल्यान्डका कतिपय तथ्य र सूचकले नोर्डिक मुलुकहरूलाई समेत चुनौती दिइरहेका हुन्छन् ।
जस्तो कि सामाजिक सुरक्षा र कर दरको कुरा गरौँ । नोर्डिक मुलुकका जनता उच्च सामाजिक सुरक्षा र न्यून कर दर मन पराउँछन् । तर, स्वीस जनता राज्यलाई कर तिर्न गौरवान्वित हुन्छन् । सकेसम्म कम सामाजिक सुरक्षा लिन चाहन्छन् ।
स्वीट्जरल्यान्डमा नागरिक पहलकदमीको अधिकार, सहभागितात्मक तथा प्रत्यक्ष लोकतन्त्र संसारकै सबैभन्दा बलियो छ । त्यहाँ बारम्बार जनमत सङ्ग्रह भइरहन्छन् । त्यस्ता जनमत सङ्ग्रहमा अन्य देशका जनता चकित हुने नतिजा आइरहन्छन् ।
कर दर घटाउने जनमत सङ्ग्रहमा नागरिकले उल्टै बढाउने निर्णय दिइरहेका हुन्छन् । सामाजिक सुरक्षा प्याकेज बढाउने राज्यको प्रस्तावमा हुने जनमत सङ्ग्रहमा नागरिकले उल्टै घटाउने निर्णय दिएका उदाहरण छन् ।
यस्तो कुरा हामी यहाँ कल्पना पनि गर्न सक्दैनौँ ।
सन् २०१६ ठीक त्यस्ता एक रोचक जनमत सङ्ग्रह भएको देखिन्छ । राज्यले प्रत्येक नागरिकका लागि २५०० डलर न्यूनतम् आय ग्यारेन्टी गर्ने प्रस्ताव अघि सार्यो तर जनमत सङ्ग्रहले अस्वीकार गरिदियो । नागरिक आफैँ सक्षम छन् भने ती राज्यमा समेत निर्भर हुन चाहँदैन रहेछन् भन्ने दुर्लभ उदाहरण हो— स्वीट्जरल्यान्ड ।
नेपालमा भने दुईचार हजारको सामाजिक सुरक्षा भत्ता ठूलो राजनीतिक मुद्दा बन्छ । राज्यले कति न ठूलो गुण लगाएजस्तो, उपकार गरेजस्तो चर्चा गरिन्छ । जेष्ठ नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी त्यसको राजनीतिकरण, दलीयकरण गर्न खोजिन्छ । त्यति न्यून सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूको समेत मनोवैज्ञानिक दोहन गरेर भोट बैंकमा परिणत गर्न खोजिन्छ, त्यही न्यून सामाजिक सुरक्षा भत्ता दिने क्षमतासमेत राज्यले गुमाउँदै गएको छ । कुन दिन कटौती हुने हो, टुङ्गो छैन ।
अर्थात् स्वीट्जरल्यान्डको मोडेल नोर्डिक मोडेल पनि हैन । यद्यपि, यो व्यवहारिक सत्य हैन । तथापि, एक आदर्श कल्पनामा राजावादीहरूलाई दुबई, कतार वा साउदी मोडेल, कम्युनिष्टहरूलाई सोभियत सङ्घ वा अहिलेको चिनियाँ मोडेल र नेपाली कांग्रेसलाई नोर्डिक मोडेलको अनुशरण गर्ने शक्ति मान्ने हो भने स्वीट्जरल्यान्डको मोडेललाई मान्यता दिने, अनुसरण गर्न खोज्ने नेपालमा कुनै राजनीतिक शक्ति नै छैन । तर, यिनैलाई उदाहरण भने बारम्बार स्वीट्जरल्यान्डकै लिनु/दिनुपर्ने बाध्यता र रहर छ ।
स्वीट्जरल्यान्ड नेपालजस्तो देशका लागि विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको आधार हुन सक्ने सम्भावना भने हुन्छ । तर, त्यसलाई बुझ्ने, आत्मसात वा अनुशरण गर्ने राजनीतिक शक्तिको अभावमा नेपालमा त्यस्तो हुने सम्भावना क्षीण छ ।
नेपाल र स्वीट्जरल्यान्डबीच समानता नै नभएका भने हैनन् । तुलना गर्दा ७ वटा मुख्य समानता देखिन्छन ।
एक— दुवै भूपरिवेष्ठित देश हुन् । स्वीट्जरल्यान्ड युरोपको भूपरिवेष्ठित देश हो र नेपाल एसियाको । नेपाल भारत र चीन दुई देशको बीचमा भूपरिवेष्ठित छ । स्वीट्जरल्यान्ड फ्रान्स, जर्मनी, अष्ट्रिया र इटाली ४ देशबीच भूपरिवेष्ठित छ । नेपालका छिमेकी एसियाका ठूला र शक्तिशाली देश हुन् । स्वीट्जरल्यान्डका छिमेकी पश्चिम युरोपका ठूला र शक्तिशाली देश हुन् ।
दुई— दुवै देश महादेशीय केन्द्र बिन्दुमा छन् । नेपाल हिमालय र समुद्रको दूरी वा भौगोलिक सन्तुलनबाट हेर्दा एसियाको माझमा छ भन्नु ठीकै हो । स्वीट्जरल्यान्ड पनि युरोपको माझमा छ । विशेषतः यो पश्चिम युरोपको केन्द्र नै हो ।
यो यथार्थले महादेशिय सभ्यता, संस्कृति र भाषाहरूको सम्मिश्रण हुन पुग्दछ । स्वीट्जरल्यान्ड युरोपेली सभ्यता, संस्कृति र भाषाको सम्मिश्रण छ र नेपालमा चिनियाँ, तिब्बतेली-भारोपेली सभ्यता, संस्कृति र भाषाको सम्मिश्रण छ ।
तीन— दुवैको भूराजनीति जटिल छ । भूराजनीतिक जटिलता यी देशका अवसर र चुनौती, अभिशाप र वरदान दुवै हुन् । स्वीट्जरल्यान्डले यसलाई अवसर बनायो र बरदान साबित भयो । नेपालका लागि अहिलेसम्म यो चुनौती नै छ र अभिशाप साबित हुँदै आएको छ ।
चार— दुवैको भूगोल र जलवायु विविध छ । यी दुवै सामुद्रिक मुलुक हैनन् । न त हिम प्रदेश र मरुभूमि नै हुन् । नेपालको भूगोल हिमाल, पहाड र तराईले बनेको छ । उपत्यका, दुन र चुरे क्षेत्रहरू पनि छन । स्वीट्जरल्यान्ड पहाड, पठार र अल्पस क्षेत्रले बनेको छ ।
भूगोलशास्त्रीहरू नेपाल र स्वीट्जरल्यान्डको भौगोलिक बनोटमा पर्याप्त समानता देख्दछन् । भौगोलिक बनोट र जलवायु समानताका कारण कृषि, पशुपालन र पर्यटनजस्ता अर्थतन्त्रका क्षेत्र मिल्दाजुल्दा छन् ।
पाँच— दुवै बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक समाज हुन् । बहुसांस्कृतिकतावाद दुवै देशको अन्तर्निहित चरित्र हो । नेपालमा १४१ जाति, १२८ भाषा र १० धर्म छन् । संस्कृतिक विविधता व्यापक छ । स्वीट्जरल्यान्डमा क्रिश्चियन, इस्लामका अतिरिक्त बहुसांस्कृतिक तथा बहुनस्लीय बनोट छ । फ्रान्सेली, जर्मन, इटालीयनलगायतका भाषा छन् ।
छ— दुवै मध्यम क्षेत्रफल र जनसङ्ख्या आकार भएका देश हुन् । नेपाल र स्वीट्जरल्यान्डलाई न साना देश भन्न मिल्दछ, न ठूला । अझ नेपाल क्षेत्रफल र जनसङ्ख्या दुवैमा स्वीट्जरल्यान्डभन्दा ठूलो हो । स्वीट्जरल्यान्डमा ४१ हजार २८५ वर्गकिमिमा करिब १ करोड मानिस बस्दछन् । नेपालमा १ लाख ४७ हजार ५१६ वर्गकिमिमा करिब ३ करोड मान्छे बस्छन् ।
नेपाल क्षेत्रफलमा ९३औं र जनसङ्ख्यामा ४९ ठूलो देश हो । स्वीट्जरल्यान्ड क्षेत्रफलमा १३२औं र जनसङ्ख्यामा ९९औं ठूलो देश हो ।
सात— दुवै तटस्थ, असंलग्न र शान्तिपूर्ण देश हुन चाहन्छन् । स्वीट्जरल्यान्ड युरोपको युद्ध र तनावबाट तटस्थ रहँदै आएको छ । नेपाल पनि आफूलाई शान्तिपूर्ण देश, बुद्धको जन्मस्थल, विश्वलाई शान्ति सन्देश दिने, विश्व शान्ति सेनामा उल्लेखीय योगदान गर्ने देश र कुनै बेला शान्तिक्षेत्रको प्रस्ताव गरिएको राष्ट्र मान्दछ ।
यी समानताको बाबजुद नेपाल र स्वीट्जरल्यान्डको राजनीतिक सोच, शासकीय प्रणाली, प्रशासनिक चिन्तन, अर्थतन्त्रको ढाँचा, मानवीय विकास र समृद्धिस्तर बिल्कुलै फरक छन् । तथ्याङ्क केलाएर हेर्दा नेपाल र स्वीट्जरल्यान्डको विकासस्तर र लोकतन्त्रको अवस्थामा आकास जमिनको भिन्नता छ ।
यी समानताको बाबजुद नेपाल र स्वीट्जरल्यान्डको राजनीतिक सोच, शासकीय प्रणाली, प्रशासनिक चिन्तन, अर्थतन्त्रको ढाँचा, मानवीय विकास र समृद्धिस्तर बिल्कुलै फरक छन् । तथ्याङ्क केलाएर हेर्दा नेपाल र स्वीट्जरल्यान्डको विकासस्तर र लोकतन्त्रको अवस्थामा आकास जमिनको भिन्नता छ ।
स्वीट्जरल्यान्ड आफ्नो यथार्थलाई स्वीकार गर्दछ । ‘सानो तर, सुन्दर’ को अवधारणामा हिँडेको छ । नेपालमा अझै ‘विशालता’ को दाबी छ । यस्तो दाबी खोक्रो र अतिरञ्जनापूर्ण लाग्दछ ।
स्वीट्जरल्यान्डले कुनै जाति, नस्ल, भाषा, संस्कृतिलाई आधार बनाएर ‘राष्ट्रवाद’ निर्माण गरेको छैन । बहुसांस्कृतिकतावादलाई कानून र राजकीय व्यवहार दुवैमा स्वीकार गरेको छ । नेपालमा संविधानले बहुजातीयता, बहुभाषिकता, बहुधर्मिकता र बहुसांस्कृतिकतालाई स्वीकार गरे पनि राजकीय व्यवहारमा बहुसांस्कृतिकतावादलाई स्वीकार गरिएको छैन ।
स्वीस लोकतन्त्रको प्रारूपमा ‘नागरिक सर्वोच्चता’ छ । यसको लोकतन्त्रलाई मूलतः सहमतीय र प्रत्यक्ष लोकतन्त्र भन्न सकिन्छ । स्वीस लोकतन्त्रमा जनमत सङ्ग्रह सामान्य हुन् । नेपालको इतिहासमा २०३६ सालमा एकपटक भन्दा बढी कहिल्यै जनमत सङ्ग्रह भएको छैन ।
अर्थात्, स्वीस लोकतन्त्रले नागरिकको चेतना र विवेकमा विश्वास गर्दछ । नेपालमा नागरिक केन्द्रमा छैन । यहाँ नागरिकको चेतना, विवेक र निर्णायाधिकारमा विश्वास गरिँदैन । यहाँ नागरिक पहलकदमीको अधिकार पनि एकदमै सीमित छ ।
नेपालमा लोकतन्त्रको नाममा दलतन्त्र, दलतन्त्रको नाममा गुटतन्त्र, गुटतन्त्रको नाममा नेतातन्त्र, नेतातन्त्रको नाममा परिवारतन्त्र र वंशवादको चकचकी छ । हिजो राणा, शाह पञ्चहरूको जगजगी र निरङ्कुशता थियो । केही दल र तिनका सीमित नेताहरूको हालीमुहाली छ । संविधानको पहिलो वाक्यमै जनता सार्वभौम छन तर, राजनीति, प्रशासन र अर्थतन्त्रको प्रक्रियामा नागरिक दोस्रो दर्जाका मान्छे बनाइएका छन् ।
स्वीट्जरल्यान्डको शासन प्रणाली पूर्णतः सङ्घात्मक हो । त्यहाँ कम्युन, क्यान्टोन र सङ्घ प्रष्ट तीन तहमा आधारित राज्य छ ।
नेपाल भर्खरै सङ्घात्मक भएको छ तर, आज यसले धेरै ठूलो प्रहार खप्न परेको छ । स्वीस मोडेलमा सङ्घीयताको विरोध कसैले गर्दैन । उनीहरू सङ्घभन्दा क्यान्टोन र कम्युनमा बढी अधिकार, स्वायत्तता र स्वसाशन भएको मन पराउँछन् । नेपालमा यति धेरै सङ्घीयता विरोध, केन्द्रिकृत सोच र मानसिकता छ कि कुरा गरीसाध्यै छैन । सङ्घीयताको अभ्यास उस्तै विकृत, भ्रान्त र अर्थहीन बनाइएको छ ।
नेपालभन्दा करिब ३.५ गुणा सानो देशमा २६ वटा क्यान्टोन कसैलाई धेरै लाग्दैन । यहाँ ७ वटा प्रदेश धेरै भयो भन्ने कर्कश कोकोहोलो छ । अर्थात् नेपालले ऐतिहासिकता, मौलिकता, स्वशासन र स्वायत्ततामा विश्वास गरेको देखिन्न, जो स्वीस शासन प्रणालीको सफलताको रहस्य हो ।
विश्व बैंकको ताजा आंकडा अनुसार स्वीट्जरल्यान्डको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख डलर पुगेको छ । र, विश्वको छैठौं स्थानमा छ । नेपालको भने करिब १४ सय डलर मात्रै छ । यसको स्थान पुछारतिर छ । भ्रष्टाचार सूचकाङ्कमा स्वीट्जरल्यान्ड गत वर्ष ६औं स्थानमा थियो नेपाल १०८ औं स्थानमा । मानवीय विकास सूचकमा स्वीट्जरल्यान्ड विश्वको पहिलो स्थानमा छ भने नेपाल १४५ औं स्थानमा ।
क्षेत्रफलमा ३.५ गुणा र जनसङ्ख्यामा एक तिहाई सानो देशको अर्थतन्त्रको आकार भने नेपालसँग तुलना गर्दा करिब २२ गुणा ठूलो छ । स्वीट्जरल्यान्डको कुल ग्राहस्थ उत्पादन (जिडिपी) करिब ९०० बिलियन डलर बराबरको छ र विश्वको २० औं स्थानमा छ । नेपालको जिडिपी भने करिब ४१ बिलियन डलरको मात्रै छ ।
विश्व बैंकको ताजा आंकडा अनुसार स्वीट्जरल्यान्डको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख डलर पुगेको छ । र, विश्वको छैठौं स्थानमा छ । नेपालको भने करिब १४ सय डलर मात्रै छ । यसको स्थान पुछारतिर छ ।
भ्रष्टाचार सूचकाङ्कमा स्वीट्जरल्यान्ड गत वर्ष ६औं स्थानमा थियो नेपाल १०८ औं स्थानमा । मानवीय विकास सूचकमा स्वीट्जरल्यान्ड विश्वको पहिलो स्थानमा छ भने नेपाल १४५ औं स्थानमा ।
प्राकृतिक तथा भूराजनीतिक हिसाबले झन्डैझन्डै उस्तै देशको आर्थिक तथा मानवीय विकासस्तरमा किन यति ठूलो भिन्नता हुन्छ ? आम मनोविज्ञान, शासकीय गुणस्तर, व्यवस्थापन क्षमता र उत्पादकत्वबाहेक यसको अरु कुनै कारण हुनै सक्दैन ।
स्वीस जनताको नजरमा राज्य एक अपरिहार्य, आफ्नै, आफ्ना लागि र पवित्र संस्था हो । नेपालमा राज्य शोषण, दोहन र शासकीय शान, अहङ्कारको केन्द्रस्थल हो । हामी राज्य र राज्यका पदलाई बलियो बनाउँछौँ । यहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद हुनुलाई ठूलो व्यक्तिगत उन्नति, सफलता र गौरवको विषय बनाइन्छ ।
त्यहाँ यस्ता पदमा को छन भन्ने कसैलाई थाहा पनि हुँदैन । यहाँ व्यक्तिको महत्त्व हुँदैन । तसर्थ, ‘हिरोइज्म’को कुनै काम हुँदैन । स्वीट्जरल्यान्ड संस्था र संस्थागत विश्वासको प्रतिफल हो । स्वीस लोकतन्त्र संसारकै सबैभन्दा बढी गैरपदसोपानीय लोकतन्त्र हो ।
नेपालमा वार्षिक बजेटको चालु खर्च नै करिब ८० प्रतिशत हुन्छ । बाँकी २० प्रतिशत सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा सकिने अवस्था सृजना भएको छ । अघिल्लो दशकसम्म कम्तीमा यस्तो हालत भइसकेको थिएन । वित्तीय खर्चभन्दा पुँजीगत खर्च बढी हुने अवस्था थियो ।
स्वीट्जरल्यान्डमा राज्य भारको खर्च जिडिपीको ३५ प्रतिशत मात्र देखिन्छ । सार्वजनिक ऋण ३० प्रतिशत भन्दा कम, जबकि नेपालको करिब ४४ प्रतिशत पुग्न लाग्यो ।
खासमा नेपाल जुन बाटो हिँडिरहेको छ, सिंगापुर र स्वीट्जरल्यान्डसँग तुलना गर्नु नै बेकार, अर्थहीन छ । ‘नर्कको बाटो हिँडेर स्वर्ग पुगिन्न’ भनेजस्तै विद्यमान सोच र प्रवृत्तिले नेपाललाई झन्झन् बर्बादीतिर लैजाने निश्चित छ । हामी हिँडेको बाटो सुडान वा सेयरालियोनको होला सिंगापुर वा स्वीट्जरल्यान्ड पुगिने हुँदै हैन ।
यसो भन्दा धेरैलाई रिस उठ्ला तर, नेपाल निरन्तर बर्बादीको बाटोमा छ र यो नै आजको जीवित सत्य हो । अझ रोचक कुरा हामी बर्बाद हुन नै इच्छुक, खुसी र दत्तचित्त छौँ । हाम्रो सारा प्रयत्न, मेहनत र यात्रा बर्बाद हुने लक्ष्यप्रेरित छन् । जब हाम्रो सोच, प्रारूप, बाटो र यात्रा नै उल्टो छ— बिर्सेर स्वीट्जरल्यान्डको नाम लिँदा सबैले मुख कुल्ला गर्नु उचित हुन्छ ।
‘विश्व बैंकको ताजा आंकडा अनुसार स्वीट्जरल्यान्डको प्रतिव्यक्ति आय वार्षिक करिब १ लाख डलर पुगेको छ ।’
एह्ह्ह, स्विट्जर्ल्याण्ड को प्ब्याक्ति ले एक बर्षमा कमाउने भन्दा त हाम्रो घंटि मालिक ले एक मैनामै अझै धेरै कमाउने पो रैच! तेसैले होला घन्टी हल्लाउन आतुर छन् घनटेहरु!
Bravo to your article, superbly written. love to read like this.