एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

नेपालभ्युज

एकैपटक १ सय ४३ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय ४३ जना प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ ।

असोज ७ गतेको निर्णय अनुसार सोमबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले डीएसपीहरुको सरुवा तथा काजको निर्णय गरेका हुन् ।

२०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा रहेका अनिल ठकुरीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ सरुवा गरिएको छ ।

त्यस्तै, प्रहरी वृत्त महाराजगञ्जबाट डीएसपी अमरबहादुर थापा क्षेत्रीलाई बागमती प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालय हेटौडामा सरुवा गरिएको छ ।

को कहाँ पुगे ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved