कार्यवाहक प्रधानमन्त्रीलाई मिश्रको चुनौती – तपाईंलाई नहराई त कहाँ छोडुँला र !

नेपालभ्युज

कार्यवाहक प्रधानमन्त्रीलाई मिश्रको चुनौती – तपाईंलाई नहराई त कहाँ छोडुँला र !

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई दुई चोटी अरुको बुइ चढेर चुनाव जितेको आरोप लगाएका छन् ।

सिंहले आफ्नी दिदी रिता सिंह वैद्य मुख्य आरोपी रहेको नेपाल बाल संगठनको जग्गा हिनामिनासम्बन्धी मुद्दा ढिसमिस पार्ने खोजेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन् ।

उनले आगामी चुनावमा हराइ छाड्नेसमेत बताए । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र !’

उनले थप भने, ‘जुन दिन म तपाईंलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ । यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved