करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

नेपालभ्युज

करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु
प्रतिकात्मक तस्वीर।

बरहथवा । यहाँको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved