मदिरा पिएर होहल्ला गरेपछि कर्णालीका डीआईजी हेडक्वाटर तानिए

नेपालभ्युज

मदिरा पिएर होहल्ला गरेपछि कर्णालीका डीआईजी हेडक्वाटर तानिए

काठमाडौं । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् ।

उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

यसअघि २६ भदौमा रकम लेनदेनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो ।

उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved