एक दिन पनि टिकेन नेप्सेमा हरियाली, ५९ अंकको गिरावट 

नेपालभ्युज

एक दिन पनि टिकेन नेप्सेमा हरियाली, ५९ अंकको गिरावट 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

हिजो सामान्य अंकले बढेको सेयर बजार एक दिन पनि टिक्न नपाउँदै आज भारी अंकले ओरालो लागेको हो ।

सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर २५२९ दशमलव ३३ को विन्दुमा पुगेको छ ।

आज ३२९ कम्पनीका ७७ हजार १ सय ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड तीन लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

१४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटाको घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे छन् भने आज नेपाल फाइनान्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved