पेजर–वाकीटकी आक्रमण : लेबनानमा हालसम्म ३२ जनाको मृत्यु, ३५०० भन्दा बढी घाइते

नेपालभ्युज

पेजर–वाकीटकी आक्रमण : लेबनानमा हालसम्म ३२ जनाको मृत्यु, ३५०० भन्दा बढी घाइते
Hezbollah fighters carry the coffins

काठमाडौं । पेजर र वाकी-टकी विस्फोटमा परी लेबनानमा हालसम्म ३२ जनाको मृत्यु भएको छ भने ३ हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

लेबनानको राजधानी बेरुत र अन्य धेरै शहरहरूमा बुधबार लगातार दोस्रो दिन पनि विस्फोट भएको थियो । यस पटक वाकी–टकीको पनि विस्फोट गरिएको थियो ।

यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

यसको एक दिन अघि सेप्टेम्बर १७ मा हजारौं पेजर विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो र २ हजार ८०० भन्दा बढी घाइते भएका थिए ।

लेबनानमा हिजबुल्लाहका लडाकूले आपसी संचारका रुपमा पेजर र वाकी–टकीको प्रयोग गर्छन् । इरानको समर्थन प्राप्त संगठन हिजबुल्लाहले यी आक्रमण पछाडि इजरायलको हात रहेको बताएको छ ।

त्यसैबीच, यस मामिलामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved