काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल हार्ने क्रम जारी छ । बुधबार राति नेपाल ओमनसँग साँघुरो अन्तरले हारेको छ ।
क्यानडाको ओन्टरियोमा भएको रोमाञ्चक खेलमा नेपाल ओमनसँग एक विकेटले पराजित भयो । दुई सय २१ रनको लक्ष्य ओमानले ९ विकेट क्षतिमा १ बल बाँकी रहँदा हासिल गरेको थियो ।
गुल्सन झाले करिअरकै उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए पनि टिमलाई जित दिलाउन सकेनन् । करण केसीले २ तथा सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुद सम्मानजनक स्कोर खडा गरेको थियो । गुल्सन र कप्तान रोहित पौडेलले अर्धशतक बनाएपछि नेपालले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
गुल्सनले ३५ बलमा ५३ रन बनाए । यस्तै रोहित ७२ बलमा ६० रन बनाएर आउट भए । आरिफ शेखले ३५ रनको योगदान गरे ।
लिग २ को जारी सिरिजमा नेपाल पहिलो खेलमा क्यानडासँग पराजित भएको थियो । तालिकामा नेपाल ६ खेलबाट २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
Facebook Comment
Comment