काठमाडौं । ‘मिस नेपाल २०२४’ आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक करियर सुरु गरेकी छन् ।
राप्रपाको ‘नविन राप्रपा’ कार्ययोजना अन्तर्गत २६ वर्षीया केसी सिधै केन्द्रीय सदस्य मनोनीत भएकी हुन् । उनीसहित अन्य १० महिला र १० पुरुष केन्द्रीय सदस्य बनेका छन् ।
मिस नेपाल भएपछि उनले भविष्यमा राजनीतिज्ञ बन्ने चाहना व्यक्त गरेकी थिइन् । सोहीअनुसार मिस नेपाल बनेको दुई महिना नपुग्दै उनले राप्रपाबाट राजनीतिमा पाइला राखेकी हुन् ।
साउन २० गते हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै केसी ‘मिस नेपाल २०२४’ बनेकी थिइन् ।
केसी उद्यमी तथा सोसल वर्ककी विद्यार्थी पनि हुन् । सोसल वर्कमा स्नातक गरेकी उनी इम्पोर्ट डिस्ट्रिब्युसन एक्सपोर्टको व्यवसायमा सक्रिय छिन् ।
Facebook Comment
Comment