‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातका कारण निधन

नेपालभ्युज

‘मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको हृदयघातका कारण निधन

काठमाडौं । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

फोनिक्स फिट्शालाका राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

उनी मोरङ पथरी शनिश्चरे नगरपालिका-१ का बासिन्दा हुन् । उनी टीम म्यानेजरसहित टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved