रास्वपामा एक जना महिला उपसभापति अनिवार्य

नेपालभ्युज

रास्वपामा एक जना महिला उपसभापति अनिवार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक जना महिला उपसभापति अनिवार्य गर्ने प्रावधानमा सहमति  जुटेको छ ।

सोमबार अपराह्नबाट सुरू भएको केन्द्रीय समिति  बैठकमा उपसभापति तीन जना रहने र एक जना महिला अनिवार्य रहने गरी विधान संशोधन गर्न  सहमति जुटेको हो ।

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार अरु पदमा पनि महिलाको सहभागितालाई सुनिश्चित गरिएको छ । दुई जना सहमहामन्त्री, सहप्रवक्ता दुई जना राख्दा एक महिला निर्वाचित गर्ने प्रावधानमा सहमति जुटेको छ।

बैठकमा केन्द्रीय समितिसहित सम्पूर्ण पदाधिकारी महाधिवेशनको हलबाट निर्वाचित गर्ने समझदारी पनि भएको छ ।  १०१ जना सदस्य महाधिवेशन हलबाट निर्वाचित हुने  र बाँकी २० जना केन्द्रीय समितिले मनोनीत गर्ने उनले बताए ।

रास्वपाको पहिलो राष्ट्रिय भेला मंगलबारबाट काठमाडौंको प्रज्ञा भवनमा सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved