काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद सूर्यप्रसाद ढकालले भने, “उहाँमाथि देशद्रोहको मुद्दा लगाऔँ ।”
त्यसलाई संसद्ले गम्भीर रूपमा लिनुपर्ने सांसद ढकालको भनाइ छ । “यो राष्ट्रविरोधी अभिव्यक्तिलाई राज्यले कसरी लिन्छ ? सदनले यसलाई गम्भीर रूपमा लिनुपर्छ । सदनले छानबिन गरोस् । यो विषय हल्का रूपमा उठाइएको विषय होइन,” उनले भने ।
यसअघि एउटा अन्तर्वार्ताका क्रममा मेटमणिले कालापानी-लिपुलेकलगायतका भूमि नेपालको नभइ भारतको रहेको अभिव्यक्ति दिएका थिए ।
यसपछि उनलाई उनको पार्टी एकीकृत समाजवादीले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण दिँदै मेटमणिले छोटो क्लिप मात्रै राखेर आफूले भनेको विषय तोडमोड गरिएको जिकिर गरेका छन् ।
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण : कालापानी-लिपुलेक कसरी भारतको ?
Facebook Comment
Comment