संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने

नेपालभ्युज

संसद्को बजेट अधिवेशन आजै अन्त्य गरिने

काठमाडौं । संसद्को बजेट अधिवेशन आजैदेखि अन्त्य गर्ने तयारी गरिएको छ ।

सङ्घीय संसद्को राष्ट्रिय सभाका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार बजेट अधिवेशन आजैदेखि अन्त्य गर्नेगरी तयारी गरिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा अड्किएका विधेयक पारित गर्ने र आजैदेखि अधिवेशन अन्त्य गर्ने सहायक प्रवक्ता कोइरालाले नेपालभ्युजलाई बताए । “दुवै सदनमा अड्किएर रहेका बाँकी विधेयक पारित गर्ने र आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ,” उनले भने ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले भने सदन चल्न दिने चेतावनी दिइरहेको छ । सत्तारूढ दल नेकपा (एमाले) ले माओवादी जनयुद्धलाई ‘हिंसा’ करार गरेको र उक्त शब्द संसद्को रेकर्डबाट नहटेसम्म संसद् चल्न नदिने माओवादीको अडान छ ।

तर, ठीक यहीबेला अधिवेशन नै अन्त्य गर्न लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved