४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

नेपालभ्युज

४० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४० जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोजप्रसाद गुरागाईं आएका छन् ।

राजीव पोखरेललाई मधेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्याइएको छ । यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा पठाइएको छ ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिज्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको  छ ।

यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved