स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा गर्न सुझाव

नेपालभ्युज

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा गर्न सुझाव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा गर्न सरकारलाई सुझाव दिएको छ ।

आइतबार प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकलाई भेटेको थियो ।

त्यस क्रममा प्रमुख आयुक्त थपलियाले उपनिर्वाचन उक्त मितिमा गर्न प्रस्ताव गरेका हुन् । अब यसमा सरकारले निर्णय गर्नेछ ।

स्थानीय तहमा अहिले ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved