संसद् बैठक अब भोलि मात्रै

नेपालभ्युज

संसद् बैठक अब भोलि मात्रै

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आइतबार (आज) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे बस्ने भनेर समय तोकिएको थियो । तर, ३:१५ बजे पनि नबसी संसद् स्थगित भएको हो ।

बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।

संसद्‌मा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) बीच ‘हिंसा’ शब्दमा विवाद छ । यसकै कारण बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको हो ।

यसअघि बसेको बैठक पनि यसकै कारण स्थगित भएको थियो । गत भदौ २८ गते बसेको बैठकमा संसद्‌मै एमाले र माओवादीका सांसदहरूबीच ‘दोहोरी’ चलेको थियो । यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए ।

No description available.
संसद् बैठक स्थगितको सूचना ।

यसअघि सभामुख घिमिरेले पनि सर्वदलीय बैठकमार्फत दुई दलका बीचमा सहमति जुटाउन खोजेका थिए तर, असफल रहे ।

यसअघि भदौ १२ गते बसेको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ करार गरेका थिए । माओवादीले उक्त शब्द संसद्को रेकर्डबाट हट्नुपर्ने माग गरेको छ । तर, एमाले पङ्क्ति भने त्यो मान्न तयार छैन । अहिलेको समस्या यसैकारण उत्पन्न छ ।

  • सम्बन्धित समाचार

संसद् बैठक ३: १५ मा बस्ने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved