कर्णाली नदीले पार गर्‍यो खतराको तह

नेपालभ्युज

कर्णाली नदीले पार गर्‍यो खतराको तह
तस्वीर - रासस

काठमाडौं । भारी वर्षाका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ ।

कैलालीको चिसापानीस्थित बाढी मापन केन्द्रकाअनुसार कर्णालीमा पानीको बहाव १०.९२ मिटर पुगेको छ । यो नदीको खतराको संकेत १०.८ मिटर मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।

सोही कारण कर्णालीसहित महाकालीलगायतका नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved