जावलाखेलमा सीआईबीको छापा, ५० जना पक्राउ

नेपालभ्युज

जावलाखेलमा सीआईबीको छापा, ५० जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेर ललितपुरबाट ५० जनालाई पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा खेल्ने र खेलाउने गरेको आरोपमा जावलाखेलबाट उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा २ चिनियाँ, १ फिलिपिनो र ४७ जना नेपाली छन् । सीआईबीले नियन्त्रणमा लिएकामाथि थप अनुसन्धान थालेको जनाएको छ ।

ललितपुरको एकान्तकुनामा कल सेन्टर खोलेर अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार सीआइबीले छापा मारेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved