पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनशन

नेपालभ्युज

पूर्वमुख्यमन्त्री  कार्कीले तोडे अनशन

काठमाडौं । कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् ।

१० बुँदे माग राखेर मंगलबारदेखि अनशन बसेका उनले माग पूरा गर्ने सरकारी प्रतिबद्दता पछि बुधबार जुस पिएर अनशन तोडेका हुन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारीसँग सहमति गरेपछि कार्कीले अनशन तोडेका हुन् ।

‘जनजीविकासँग प्रत्यक्ष सरोकार रहेका जायज मागहरूमा प्रदेश सरकारले सहमति जनाउँदै उपरोक्त सम्पूर्ण मागहरू मध्ये कतिपय माग कोशी प्रदेश सरकारको ०८१–०८२को बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेकोमा सो विषयहरू तत्काल (प्रारम्भ) कार्यान्वयन गर्ने, तथा स्वास्थ्य जस्ता गम्भीर केही विषयहरू समेतका सन्दर्भमा अनशनरत पूर्व मुख्यमन्त्री ज्यूसँग छलफल, समन्वय गरी सहमतिका आधारमा तत्काल कार्यान्वयन गर्ने,’ लिखित सहमतिमा उल्लेख छ ।

यस्तो छ सहमति 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved