लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

नेपालभ्युज

लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीका अनुसार उनले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष मंगलबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छैन ।

कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेका बेला मन्त्री भएपछि उनको चौतर्फी विरोध भएको थियो । उनलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।

कांग्रेस–माओवादीको गठबन्धनबाट बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका शाहलाई साउन ९ गते कांग्रेसबाट बिनाविभागीय मन्त्री बनाइएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved