काठमाडौं । प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशन स्थलबाटै पक्राउ गरेको छ ।
प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरी मंगलबार साँझ पक्राउ गरेको हो ।
कार्की १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्क लगायतका विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसोदेखि आमरण अनशनमा बसेका थिए ।
जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।
उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताकैबीच प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो । त्यसक्रममा सुरक्षाकर्मी र कार्कीका समर्थकबीच झडपसमेत भएको थियो ।
झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ ।
निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु
Facebook Comment
Comment