निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु

नेपालभ्युज

निषेधाज्ञाबीच प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री कार्कीको अनशन सुरु

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निषेधाज्ञाबीच विराटनगरमा प्रदेशसभा अगाडि पूर्वमुख्यमन्त्री  कार्कीले सुरु गरेका हुन् ।

पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने भएपछि विराटनगरमा निषेधाज्ञा जारी

उनले ९ बुँदे माग राखेका छन् । जसमा १० वर्षमुनिका बालबालिकालाई नि:शुल्क उपचार, बजेटमा २५ लाखभन्दा सानो योजना नराख्नेलगायतका माग राखेका छन् ।

साथै, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिने, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी-मोरङ केसलिया करिडोरको विकास कार्यक्रम पनि माग राखेका छन् ।

यसअघि प्रशासनले यसलाई मध्यनजर गर्दै अपराह्न ३ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved