सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव पारस खड्का के भन्छन् ?

नेपालभ्युज

सन्दीपको अमेरिकी भिसाबारे क्यान सचिव पारस खड्का के भन्छन् ?

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सन्दीप लामिछानेको भिसाको अन्योलताबारे आएका खबरबारे प्रष्टिकरण दिएका छन् ।

मंगलबार राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सचिव खड्काले सन्दीपको भिसाबारे उठेका प्रश्नको जवाफ दिँदै ‘प्रक्रिया सकारात्मक रुपमा अघि बढेको’ बताए ।

अमेरिकाले भिसा नदिँदा सन्दीपले टी–२० विश्वकपका केही खेल गुमाएका थिए ।

‘टोली क्यानडाबाट अमेरिका जानु पर्ने भएकोले आवश्यक परेका सबै प्रक्रिया हामीले पूरा गरेका छौँ । यसबारे हामी चाँडै नै घोषणा गर्ने छौँ, ’ सचिव खड्काले भने,‘पोजेटिभ ग्रिन सिग्नल सबै तिरबाट आइसकेको छ। मुद्दा पनि बन्द भइसकेकोले नयाँ सोच विचारको साथ अघि बढ्नु पर्छ भनेर त्यहीँ हिसाबले अगाडि बढिरहेका छौँ,।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved