नदी किनार विवादमा अदालतले पुनर्विचार गरोस् : नेपाल

नेपालभ्युज

नदी किनार विवादमा अदालतले पुनर्विचार गरोस् : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले काठमाडौंका नदी किनारमा २०/२० मिटर छाड्नुपर्ने फैसलाको पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी मुख्यालय, आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“हामीहरू आवाज उठाउन सक्छौँ तर, निर्णय गर्न सक्दैनौँ । कानूनका व्यवसायी साथीहरूलाई जनतालाई ध्यानमा राखेर निर्णय लिनका लागि अनुरोध गर्दछु । कानूनमा पनि समस्या छन् भने त्यसमा पनि ध्यान पुर्‍याएर गर्नुहोला । त्यसमा अदालतले पुनर्विचार गर्नुपर्छ । किनकि जनता नै पहिलो प्राथमिकतामा पर्नुपर्छ,” उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved