काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असोजदेखि पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले स्वदेशका साथै प्रवासमा समेत पार्टी र पार्टीको एजेण्डाप्रति आकर्षण देखिएकोले यसलाई संगठनको दायरामा ल्याउन पार्टी प्रवेश अभियान चलाउने निर्णय गरेको जनाएको छ । साथै २०८१ लाई पार्टी प्रवेशको वर्षका रुपमा मनाउने पनि राप्रपाको निर्णय छ ।
बैठकले केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिएको छ । यस्तै बैठकले आफ्नो पार्टी कार्यालय रहने नयाँ भवन चाबहिलमा बनाउने निर्णय गरेको छ ।
आर्थिक विभागका प्रमुख दिनेश श्रेष्ठको नेतृत्वमा भवन निर्माण समिति गठन गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिए ।

Facebook Comment
Comment