राज्यमन्त्री बनेर जिल्ला जान लाग्दा कान्छारामलाई स्वागतको साटो अवरोध, आफ्नै पार्टीबाटै कार्यक्रम बिथोल्ने चेतावनी

भोलि भदौ २४ गते बीपी जयन्ती कार्यक्रममा जान लागेका उनलाई स्वागत भन्दा विरोध गर्ने उनकै दल कांग्रेसका एक पक्षका नेताहरूले चेतावनी दिएका छन् ।

नेपालभ्युज

राज्यमन्त्री बनेर जिल्ला जान लाग्दा कान्छारामलाई स्वागतको साटो अवरोध, आफ्नै पार्टीबाटै कार्यक्रम बिथोल्ने चेतावनी

रामेछाप । ऊर्जा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) मन्त्री बनेपछि पहिलो पटक उत्साहपूर्वक जिल्ला जान लाग्दा अवरोध हुने देखिएको छ ।

भोलि भदौ २४ गते बीपी जयन्ती कार्यक्रममा जान लागेका उनलाई स्वागत भन्दा विरोध गर्ने उनकै दल कांग्रेसका एक पक्षका नेताहरूले चेतावनी दिएका छन् ।

राज्यमन्त्रीको कार्यक्रममा विद्रोहका नारा लगाउँदै विरोध कार्यक्रमहरू सञ्चालन गरिने भन्दै अर्को पक्षले आव्हान गरेको छ ।

कांग्रेस जिल्ला कार्य समितिका अध्यक्ष समेत रहेका राज्यमन्त्री कान्छारामले पार्टीमा सल्लाह नगरी एकलौटी गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध गर्ने चेतावनी दिएका हुन् ।

जिल्ला कार्य समितिका सचिव दीपक खड्काले आइतबार विज्ञप्ति जारी गर्दै सभापति कान्छारामको विधानविपरीत तानाशाही प्रवृत्ति बढिरहेकाले त्यसकाविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

सचिव खड्काले पार्टीको बैठक बसेर विवाद समाधान नगरी एकलौटीरूपमा भदौ २४ गते बीपी जयन्ती कार्यक्रम आयोजना गरेको भन्दै सो कार्यक्रममा अवरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

जिल्ला सभापति तथा ऊर्जा राज्यमन्त्री कान्छारामले पार्टीका उपसभापति नवराज थोकर, सचिव दीपक खड्का, विनोद कार्कीलगायत पदाधिकारीहरूसँग समेत छलफल नगरी एकलौटी पार्टी चलाइरहेकाले विरोध स्वरूप अवरोधका लागि बाध्य भएको नेविसंघका केन्द्रीय सदस्य चन्द्र थापा मगरले बताए ।

कांग्रेस रामेछापमा लामो समयदेखि विवाद छ । यसअघि नेताहरूमाथि कुटपिट समेत भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved