मंगल ग्रहमा नयाँ मिसनमा ढिलाई हुनेछ : नासा

नेपालभ्युज

मंगल ग्रहमा नयाँ मिसनमा ढिलाई हुनेछ : नासा

न्यूयोर्क । नासाले शुक्रबार मंगल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड डाइनामिक्स एक्सप्लोरर) सुरु गर्न ढिलाइ हुने जानकारी गराएको छ ।

एस्केपेड मिसनले मंगल ग्रहको चुम्बकीय वातावरणसँग अन्तर्किया र ग्रहको वायुमण्डलीय अवस्थाको अध्ययन गर्न दुई अन्तरिक्ष यान प्रयोग गर्नेछ ।

यस मिसनलाई फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको स्पेस लन्च कम्प्लेक्स ३६ बाट अक्टोबर १३ भन्दा अगाडी प्रक्षेपण गर्ने योजना छ ।

नासाले लागत, तालिका र प्राविधिक चुनौतिहरूबाट बच्नका लागि यो मिसनमा ढिलाई गरेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved