बीआरआईबारे सरकारको निर्णय कार्यान्वयन गर्ने प्रस्तावित राजदूत ओलीको प्रतिबद्धता

नेपालभ्युज

बीआरआईबारे सरकारको निर्णय कार्यान्वयन गर्ने प्रस्तावित राजदूत ओलीको प्रतिबद्धता

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बीआरआईबारे सरकारले लिने नीति तथा निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार सङ्घीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले यस्तो बताएका हुन् ।  सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले भने, “बीआरआईमा हामी कसरी जाने भनेर सरकारको जे निर्णय हुन्छ, राजदूतले त्यसरी नै जाने हो । कार्यान्वयन मेरो काम हो ।”

चीन सरकारको ऋणमा निर्माण गरिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेबारे पनि सांसदहरूले प्रश्न गरेका थिए । जवाफमा प्रस्ताविद राजदूत ओलीले सरकारको तहबाट नै उक्त कार्य भइरहेकाले आफूले गर्नुपर्ने भूमिका निर्वाह गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved