विषादी खुवाएर दुई छोरीको हत्या, आमा फरार

नेपालभ्युज

विषादी खुवाएर दुई छोरीको हत्या, आमा फरार

काठमाडौं । मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन् ।  उनीहरु धनकुटा पाख्रिबास ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैंचा ७ मालती टोल बस्ने सिता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र अस्मिता पौडेलका छोरी हुन् । उनीहरुलाई विषादी खुवाएर हत्या गरिएको प्रहरीले जनाएको छ ।

बच्चा मृत अवस्थामा भेटिएको स्थानमा विषादी पनि भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हत्या हुनेमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की रहेका छन् ।  आमा अस्मिता भने फरार रहेको बताइएको छ ।

केरा बगानमा दुई वटा बच्चा मृत अवस्थामा फेला परेको भन्ने खबर स्थानीयले प्रहरी चौकी गछियालाई जानकारी गराएपछि प्रहरीले  घटनास्थलमा पुगेर छानबिन गरेको छ । प्रहरीले आफ्ना दुवै छोरीलाई विष खुवाएर आमा फरार भएको हुनसक्ने अनुमान गरेको छ ।

बालिकाहरुको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved