यी हुन् एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारी (सूचीसहित)

नेपालभ्युज

यी हुन् एकीकृत समाजवादीका निर्वाचित १७ पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आन्तरिक निर्वाचनमार्फत १७ पदाधिकारी टुङ्ग्याएको छ । एकीकृत समाजवादीले उपाध्यक्ष, उपमहासचिव र सचिव निर्वाचनमार्फत टुङ्गो लगाएको हो ।

जसअनुसार उपाध्यक्ष (महिला) मा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनले रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् ।

यस्तै मधेसी क्लस्टरबाट धर्मनाथ प्रसाद साह उपाध्यक्ष निर्वाचित भएकी छन् भने खुलातर्फ डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

सचिवमा गणेश बहादुर विश्वकर्मा, बलदेव चौधरी, श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय र सावित्राकुमारी भुसाल विजयी भएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा राजेन्द्र पाण्डे निर्वाचित भइसकेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल निर्वाचित भएका छन् ।

यससँगै एकीकृत समाजवादीको २१ सदस्यीय पदाधिकारी  टुङ्गिएको छ ।

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved