साफ यु–२० च्याम्पियनसिप : भुटानलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा

नेपालभ्युज

साफ यु–२० च्याम्पियनसिप : भुटानलाई पेनाल्टीमा हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा भुटानलाई पेनाल्टीमा ४-१ गोल अन्तरले हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित समयसम्म खेल १-१ गोलको बराबरीमा रहेपछि पेनाल्टीबाट नतिजा निकालिएको थियो ।

भुटानका दुई खेलाडीको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए ।

नेपालले फाइनलमा बंगलादेश र भारतबीचको विजेतासँग बुधबार प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समयको खेलमा भुटानले नेपाललाई दबाबमा राखेको थियो । ५६ औं मिनेटमा जितसुइनको गोलबाट भुटानले अग्रता लिएको थियो ।

तर, ७८ औँ मिनेटमा निराजन धामीले हेडर गोल गरेर नेपाललाई खेलमा फर्काएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved