परराष्ट्रमन्त्री आरजूलाई गरिएको भारतीय ‘ट्रीट’मा के छ त्यस्तो रहस्य ?

परराष्ट्रमन्त्री आरजूले पाएको ‘विशेष ट्रीट’ वर्तमान गठबन्धन सरकारप्रतिको समर्थन पनि मान्न सकिन्छ । ओली सरकारकै सफलता मान्न सकिन्छ । यस अर्थमा प्रधानमन्त्री ओली, एमाले र एमालेनिकट सार्वजनिक वृत्त आरजूको भ्रमणप्रति सशंकित देखिनु अनौठो हो । जब सम्वद्ध मान्छे तरङ्गित छन् भने रहस्य पनि केही होला भन्ने भान त पर्ने नै भयो ।

परराष्ट्रमन्त्री आरजूलाई गरिएको भारतीय ‘ट्रीट’मा के छ त्यस्तो रहस्य ?

काठमाडौं । अघिल्लो साता भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आए । विदेश सचिव राजनीतिक जिम्मेवारी हैन, प्रशासनिक नेतृत्व हो । उनले नेपालका समकक्षी सेवा लम्साल, अझ धेरै भए परराष्ट्रमन्त्री आरजू राणा देउवासम्मलाई भेटेर फर्किएको भए सायद त्यो स्वाभाविक हुन्थ्यो ।

तर, उनले राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्म मात्र हैन, पूर्वप्रधानमन्त्रीहरूसँग समेत भेट गरे । विदेश सचिव मिस्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटवार्ता गरे ।

नेपालमा त्यसलाई कसैले अनौठो मानेर चर्चा गरेनन् । ती भेटघाट किन जरुरी थिए र के कुराकानी भए कसैलाई थाहासमेत छैन ।

विदेशबाट जोसुकै आऊन्, नेपालका नेता भेटघाटका लागि सधैँ उपलब्ध र तम्तयार हुन्छन् । कुनै बेला द्वारिका होटलमा लाग्ने गरेको लाम भने अचेल प्रत्यक्ष देखिँदैन तर, परोक्षतः प्रवृत्ति खासै फरक भएको छैन ।

यस साता नेपालकी परराष्ट्रमन्त्री आरजू राणा भारत गइन् । परराष्ट्रमन्त्री आरजूको यो भ्रमण भारतीय विदेश सचिव मिस्रीको भन्दा यो एक तहमाथिको भ्रमण हो । तर, परराष्ट्रमन्त्री राणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार दिएको भेट भने नेपालमा अनौठो मानियो । अनेक आयामबाट चर्चा परिचर्चा गरियो । कतिपयले यसलाई भर्खरै बनेको गठबन्धन सरकारका लागि सङ्कटका रूपमा समते अर्थ्याउन भ्याए ।

परराष्ट्रमन्त्री आरजूसँग प्रधानमन्त्री मोदीको भेट हुँदा विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्रीसँगसँगै भएको घटनालाई यहाँ भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको ‘ट्रीट’ गरिएको भनियो ।

प्रचण्डको यस्तो उत्साह आधारहीन छ भन्न सकिँदैन तर, यति हतारो गर्नुपर्ने जरुरी भने थिएन । सबैलाई थाहा छ कि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत सम्बन्ध अनेक रोचक उतारचढावले भरिएको छ । २०५४ सालको एकीकृत महाकाली सन्धिको समयदेखि उनी भारतीय संस्थापन पक्षको नजिकको सम्बन्धमा रहेका नेपाली नेतामध्ये एक मानिन्छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त प्रतिक्रिया नै दिए, भने—आरजू राणालाई भारतले दिएको ‘ट्रीट’ बाट एमाले बिच्कियो ।

यसका साथै उनले माओवादी अब सरकारमा जाँदै नजाने नीति नरहेको भन्नसमेत भ्याए । प्रचण्डले यस्ता प्रतिक्रिया पार्टी बैठकमा दिएका थिए । उनले यसलाई कांग्रेस-एमालेबीच सम्बन्ध बिग्रनसक्ने, वर्तमान गठबन्धन छोटो अवधिमै भङ्ग हुन सक्ने र माओवादी-कांग्रेस मिलेर अर्को गठबन्धन बन्न सक्ने सम्भावनाको सङ्केतका रूपमा चर्चा गर्न चाहे ।

प्रचण्डको यस्तो उत्साह आधारहीन छ भन्न सकिँदैन तर, यति हतारो गर्नुपर्ने जरुरी भने थिएन । सबैलाई थाहा छ कि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत सम्बन्ध अनेक रोचक उतारचढावले भरिएको छ । २०५४ सालको एकीकृत महाकाली सन्धिको समयदेखि उनी भारतीय संस्थापन पक्षको नजिकको सम्बन्धमा रहेका नेपाली नेतामध्ये एक मानिन्छन् ।

तर, सन् २०१४ पछि भारतमा राजनीतिक नेतृत्व उलटफेर भयो । यूपीए गठबन्धन, जसमा भारतीय कम्युनिष्टहरू सामेल थिए । त्यसको साटो नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमा आयो । यूपीए गठबन्धनको अवधिमा भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का वर्तमान महासचिव सीताराम येचुरी नेपाल धेरै आइरहने नेतामा पर्दथे । मनमोहन सिंह नेतृत्वको सरकारको समयमा येचुरीको प्रभाव बलियो थियो ।

मोदीको उदयपछि पहिलोपटक नेपाल आउँदा राम्रो प्रतिक्रिया पाएका थिए । नेपालको संसद्‌मा भारतीय प्रधानमन्त्री मोदीको सम्बोधन ‘सुपर-डुपरहिट’ भएको थियो । तर, नेपालको नयाँ संविधान बनाउने सन्दर्भमा दुई देशको सम्बन्ध बिग्रियो । भारत नेपालमाथि अघोषित नाकाबन्दी लगाउने तहसम्म कठोर भयो ।

निर्वाचित संविधानसभाले बनाएको नेपालको नयाँ संविधानलाई भारतले ‘स्वागत’ गरेन, ‘एक संविधान जारी भएको सूचित भयो’ मात्र भन्यो । ओलीको ‘इरिटेसन’ खासमा भारतसँग हैन, मधेस आन्दोलन र सङ्घीयताको मोडालिटीसँग थियो । तर, उनले अघोषित नाकाबन्दीले सृजना गरेको भारत विरोधी मनोविज्ञानमा राष्ट्रवादी नेताको छवि बनाए ।

गत फाल्गुनमा जब तत्कालीन प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्दै एमालेतिर लहसिए, उनले त्यसको महङ्गो मूल्य चुकाउनुपर्ने अन्दाज धेरैले गरिसकेका थिए । प्रचण्डले आफूलाई ‘उथलपुथल’ विज्ञ घोषणा गरे पनि इगो, प्रतिशोध र उछलकुदको खेलमा ओली कम दक्ष देखिँदैनन् ।

कोभिड १९ को लकडाउनबीच मोदीका दूतका रूपमा नेपाल आएका ‘रअ’ प्रमुख सामन्त गोयलसँग लामो कुराकानी गरेर ओलीले भारतसँगको सम्बन्धलाई सहज बनाए, एक प्रकारले पुनर्स्थापित गरेका थिए । ओलीको पछिल्लो भारत सम्बन्ध कस्तो हो भनेर झुक्किनुपर्ने कुनै कारण छैन । यो सत्य हो कि भारत राष्ट्रपति-उपराष्ट्रपति निर्वाचनताका बनेको कांग्रेस-माओवादी गठबन्धनको निरन्तरताको पक्षमा थियो ।

गत फाल्गुनमा जब तत्कालीन प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सहकार्य तोड्दै एमालेतिर लहसिए, उनले त्यसको महङ्गो मूल्य चुकाउनुपर्ने अन्दाज धेरैले गरिसकेका थिए । प्रचण्डले आफूलाई ‘उथलपुथल’ विज्ञ घोषणा गरे पनि इगो, प्रतिशोध र उछलकुदको खेलमा ओली कम दक्ष देखिँदैनन् ।

परराष्ट्रमन्त्री आरजू राणाको भ्रमणलाई यो पृष्ठभूमिभन्दा बाहिर राखेर हेर्न त सकिँदैन तर, उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले भेट दिनु कुनै अनौठो वा अस्वाभाविक विषय भने हैन ।

देशहरूको सार्वभौमसत्ता समान हो भनिए पनि साना देशका आफ्नै प्रकारका ‘हीनताभास’ हुन्छन् । सिद्धान्ततः बराबर भनिएको सार्वभौमसत्ता व्यावहारिक शक्ति-सम्बन्धमा समान रहँदैन । नेपाल-भारत सम्बन्ध पनि दशकौंदेखि यही समस्याबाट पीडित छ ।

आरजू राणा यतिखेर एक ‘सामान्य’ विदेशमन्त्री मात्र हैनन्, गठबन्धनको सबैभन्दा ठूलो साझेदार दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी, कांग्रेस केन्द्रीय सदस्य र गठबन्धन निर्माणकी एक सक्रिय सदस्य पनि हुन् ।

गत असार १५ गते एमाले अध्यक्ष ओलीको बालकोट निवासमा नयाँ गठबन्धनको सहमति बन्दा सभापति देउवासँग कांग्रेसका अरु कोही पदाधिकारी थिएनन्, आरजू मात्र थिइन् । यी घटनाक्रम नजिकको छिमेकी भारतले नबुझ्ने, ननियाल्ने कुरै भएन ।

आरजू राणाको आन्तरिक छवि देशभित्रको राजनीतिमा के कस्तो छ, त्यो भिन्नै विषय हो । तर, उनी परराष्ट्रमन्त्रीको हैसियतमा अर्को कुनै देश जान्छिन् र त्यो देशको सरकारले राम्रो खातिरदारी वा सम्मान गर्दछ भने त्यो देशकै सम्मान र खुसीको कुरा हो ।

यदि भारतले राणालाई विशेष ‘ट्रीट’ गरेकै हो भने पनि त्यसलाई अनौठो मान्ने, तरङ्गित हुने वा आशङ्काको दृष्टिले हेर्ने भन्दा स्वाभाविक मान्न आवश्यक छ । भारतको प्रशासनिक नेतृत्वले त यहाँ आएर ठूल्ठूला राजनीतिक भेटघाट गर्दछ भने राणा त राजनीतिक नेतृत्व नै हुन् ।

प्रधानमन्त्री ओलीको भारत सम्बन्ध अहिले न एकीकृत महाकाली सन्धिको अवधिमा जस्तो न नयाँ संविधान र अघोषित नाकाबन्दीको समयमा जस्तो छ । बरु यो ‘सामन्त गोयल युग’ मा छ । त्यो भनेको एकअर्काको ‘उपयोगितावादी प्रयोग’ हो । र, परस्पर विश्वास र पारदर्शी सम्बन्धको साटो ‘उपयोगितावादको खतरा’ सबैभन्दा धेरै ओलीले नै बुझेको हुनु पर्दछ ।

यो बुझ्न सकिन्छ कि प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीसँगको सम्बन्ध निर्माणमा परराष्ट्रमन्त्री आरजू देउवामा मात्र निर्भर रहने छैनन् । उनीसँग थुप्रै परम्परागत सम्बन्ध र शुत्रहरू छन् । मन्त्री आरजू त राज्य-राज्य सम्बन्धबीचको औपचारिकता मात्रै हुन ओलीका लागि ।

औपचारिक पदहरूमा विदेश सचिव, परराष्ट्रमन्त्रीहरू देखिए पनि मोदी युगको नेपाल सम्बन्धमा अजित डोभाल, सामन्त गोयलहरूको विशेष भूमिका हुन्छ । सबैलाई थाहा छ, प्रधानमन्त्री ओली यी शुत्र र सम्बन्धभन्दा धेरै टाढा छैनन् ।

प्रधानमन्त्री ओलीको भारत सम्बन्ध अहिले न एकीकृत महाकाली सन्धिको अवधिमा जस्तो न नयाँ संविधान र अघोषित नाकाबन्दीको समयमा जस्तो छ । बरु यो ‘सामन्त गोयल युग’ मा छ । त्यो भनेको एकअर्काको ‘उपयोगितावादी प्रयोग’ हो । र, परस्पर विश्वास र पारदर्शी सम्बन्धको साटो ‘उपयोगितावादको खतरा’ सबैभन्दा धेरै ओलीले नै बुझेको हुनु पर्दछ ।

त्यसैले त उनी अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुँदै गर्दा ठोरीमा राम खोज्न हिँड्दछन् । कहिले ‘सिंहमेव जयते’ भन्न पछि पर्दैनन् । कहिले चुच्चे नक्सा छापिएका विद्यालय पुस्तकको वितरण रोक्दछन्, त कहिले १०० को नोटमा चुच्चे नक्सा छाप्नुपर्ने पैरवी गर्दै हिँड्दछन् ।

संविधानमै स्थापित भइसकेको चुच्चे नक्सा १०० रूपैयाँको नोटमा छाप्नु न छाप्नुले कुनै अर्थ राख्दैन भन्ने प्रधानमन्त्री ओलीलाई राम्रो थाहा छ । तर, उपयोगितावादका औजार यस्तै झिनामसिना कुरा हुने हुन् । अब हेर्नु छ, उनको चौथो प्रधानमन्त्रित्वभित्रै रूपैयाँमा चुच्चे नक्सा छापिन्छ कि छापिँदैन ।

कूटनीतिको पेशागत मान्यता, परम्परा र मर्यादाको दृष्टिबाट परराष्ट्रमन्त्री आरजूले पाएको ‘विशेष ट्रीट’ वर्तमान गठबन्धन सरकारप्रतिको समर्थन पनि मान्न सकिन्छ । ओली सरकारकै सफलताको एक कडी मान्न सकिन्छ ।

यस अर्थमा प्रधानमन्त्री ओली, एमाले र एमालेनिकट सार्वजनिक वृत्त आरजूको भ्रमणप्रति सशंकित देखिनु अनौठो हो । जब सम्वद्ध मान्छे तरङ्गित छन् भने रहस्य पनि केही होला भन्ने भान त पर्ने नै भयो ।

भनिन्छ— कूटनीति आफैँमा केही हैन, त्यो राजनीतिक रणनीतिको एक पाटो र आंशिक विस्तार मात्र हो । यस अर्थमा आरजूलाई भारतले गरेको ‘ट्रीट’ पूर्वप्रधानमन्त्री देउवाप्रति मात्र हैन, ओलीपछि प्रधानमन्त्रीको लाइनमा उभिएका भावी प्रधानमन्त्री देउवाप्रति गरिएको ‘टोकन ट्रीट’ हुन सक्दछ ।

तर, राजनीतिमा घात-प्रतिघातको सम्भावनालाई कसले पो इन्कार गर्न सक्छ र ? त्यसमाथि नेपाली राजनीतिमा त यो स्वाभाविक नियम नै हो । आरजूले पाएको ‘विशेष ट्रीट’ ले श्रीमान् देउवाको सत्तारोहणलाई ओलीसँगको आलो-पालोको समयभन्दा छिटो बनायो भने कुनै अनौठो रहस्यको विषय भने हुने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved